• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नवदाम्पत्य जोडीलाई बधाई कार्ड, गर्भवतीलाई शुभकामना कार्ड वितरण

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखालृ नव दाम्पत्य जोडीलाई बधाई कार्ड र गर्भवती महिलालाई शुभकाना कार्ड वितरण गर्दै आएको छ ।

बेलडाँडी गाउँपालीका स्वास्थ्य शाखाका प्रमुख डम्वर बहादुर खत्रीका अनुसार बिवाह हुने महिनाको अन्तिम तिर दाम्पत्य जोडीलाई बधाई कार्ड दिने गरेको र गर्भवती महिलालाई शुभकामना कार्ड दिने गरेको बताए ।

उनका अनुसार बधाई कार्डमा खोप, परिवार नियोजन,  लगायत स्वस्थकर जीवनशैलीको बारेमा लेखेको हुने र त्यो बारेमा अभिमुखीकरण गराइदै आएको बताउनुका साथै गर्भवती महिला लाई नियमित खोप, समय समयमा चेक जाँच, बच्चाको सुधार बारे जानकारी  दिइने बताए ।

कम उमेरमा विहे गर्नाले बच्चा र आमामा देखिने समस्याका बारेमा जानकारी समेत उत्त कार्डमा उल्लेख गरिदिएको छ । बेलडाँडी स्वास्थ्य शाखाका अनुसार कम उमेर वा २० बर्ष भन्दा मुनी बच्चा पाउनेको संख्या २५ प्रतिशत, बालविवाह गर्ने ३५ प्रतिशत, कमतौल भएका बच्चा १५ प्रतिशत दखिएको छ ।

कम उमेरमा विवाह गर्नाले बच्चा कमजोर हुने र कम तौंल हुनुका साथै बच्चालाई प्रयाप्त मात्रमा दुध नपुग्ने हुनाले कुपोषण जस्तो रोग लाग्ने गरेको जनाए । यस्ता घटना कम हुन र कम उमेरमा सकभर विहे नगरुन गरिहाले पनि उमेर पुगे मात्र बच्चा पाउन भन्ने उदेश्यले यस्तो जानकारी  दिने गरेका छन् । बेलडाँडी गाउँपालिकाले अहिले सम्म ३ सय भन्दा बढीलाई कार्ड वितरण गरिसकेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर