• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिंगापुरलाई उछिन्दै ‘कतार एयरवेज’ बन्यो विश्वको सर्बोत्कृष्ट एयरलाइन

तस्विर : वेब

एजेन्सी । यस वर्ष सिंगापुर एयरलाइन्स(एसआईए)लाई पछि पार्दै विश्वको सवैभन्दा उत्कृष्ट एयरलाइनको अवार्ड कतार एयरवेजले जितेको छ । 

मंगलबार फ्रान्सको पेरिसमा सन् २०१९ को विश्वको सर्वोत्कृष्ट  स्काइट्रेक्स एयरलाइन अवार्ड्स समारोह सम्पन्न भएको थियो । 

यति मात्रै होइन, यसका साथै कतार एयरवेजले स्काइट्रेक्स वर्ल्ड एयरलाइन अवार्डको चार वटा पुरस्कार पनि जित्न सफल बनेको छ । यसअघि पनि कतार एयरवेजले यो पुरस्कार सन् २०११, २०१२, २०१५, र २०१७ गरी चार पटक जितिसकेको छ । र यही पुरस्कारबाट पाँच पटक सम्मान हुने कतार एयरवेज पहिलो एयरलाइन बनेको छ ।  

यससाथै कतार एयरवेजले तेश्रो पटक ‘मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन’ र लगातार चौथो वर्ष ‘सर्वोत्कृष्ट विजनेस क्लास’ उपाधि हात पार्न सफल भएको छ । विश्वका चिर प्रतिद्वन्दीहरुलाई पछि पार्दै कम्पनीले पुनः आफ्नो विजनेस क्लास क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट विजनेस क्लास सिट’ द्वारा सम्मान भएको छ । 

समारोहमा कतारका यातायात तथा सञ्चार मन्त्री जसिम सैफ अहमद अल सुलाइतीले भने, “कतार राज्यको लागि यो दिन अत्यन्तै महत्वपूर्ण दिन हो र कतार एयरवेज पाँचौ पटक ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ उपाधिद्वारा सम्मानित भएको देख्ने अवसर पाएकोमा म निकै हर्षित छु ।’

गत वर्ष यही पुरस्कार हात पारेको सिंगापुर एयरलाइन्स दोश्रो स्थानमा छ भने जापानको एयरलाइन मानिने अल निप्पोन एयरवेज तेश्रो स्थानमा छ । 

त्यसैगरी, विश्वको सबैभन्दा सस्तो एयरलाइनको अवार्ड मलेसिया क्यारियर एयरएशियालाई र विश्वको सबैभन्दा सफा एयरलाइनको अवार्ड ताइवानको ‘इभा एयर’ प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर