• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इरानले ड्रोन खसालेको अमेरिकाले स्विकार्यो, इरान भन्छ - युद्धका लागि तयार छौँ

तस्विरः बिबीसी

वासिंटन । पछिल्लो समय अमेरिका र इरानबीचको तनाव बढ्ने क्रममै छ । यसैबीच अमेरिकाको एक शक्तिशाली गुप्तचर ड्रोन इरानले आफ्नो हवाई क्षेत्रमा आएको ड्रोन खसालेको दावी गरेको थियो । 

अमेरिकाले इरानको यस दावीलाई स्विकारेको छ । इरानले १८ करोड डलरको गुप्तचर ड्रोन खसालेको अमेरिकाले बताएको छ । अमेरिकाले स्विकारेलगत्तै तेहरानले आफूहरु युद्धका लागि तयार रहेको घोषणा गरेको छ । 

गल्फ क्षेत्रमा बढ्दो तनाव पुरै विश्वकै लागि चिन्ताको विषय बन्ने गरेको छ । यो खबर यस्तो समयमा आएको छ, जब हालै एक रिपोर्टमा अमेरिका र इरानबीच तनावका कारण परमाणु युद्ध सुरु हुनसक्ने आशंका व्यक्त गरिएको थियो । 

अमेरिकी गुप्तचर ड्रोन खसालेपछि कडा शब्दमा चेतावनी दिँदै इरानका कमाण्डर हुसेन सलामीले आफ्नो जवान युद्धका लागि तयार रहेको बिहिबार घोषणा गरेका छन् । उनले इरानको सिमा आफनो लागी रेड लाइन भएकोले अमेरिकाको ड्रोनलाई खालेको पनि बताएका छन् । 

तेहरानले भनेको छ – उसले आरक्यु–४ ग्लोबल हक ड्रोनलाई आफ्नो दक्षिणी तटीय प्रान्त हारमुजगनको आकाशबाट खसालेको हो । उता अमेरिकी अधिकारीको भनाई छ – नौसेनको एमक्यु–४सी ट्राइटन ड्रोन अन्तराष्ट्रिय हवाई क्षेत्रमा प्रवेश गरेको थियो । दुवै पक्षको दावी लगभग समान छन् र ट्राइटन ड्रोन ग्लोबल हक ड्रोनकै एक प्रकार हो । 

पछिल्लो समयमा अमेरिकाले इरानलाई ड्रोनको निशानामा राखेको यो पहिलो पटक होइन । गत बिहिबार पनि इरानले आफ्नो हवाई क्षेत्रमा आएको एमक्यु–९ रिपरलाई खसाल्ने प्रयास गरेको थियो । 

अमेरिकाको अस्त्रमा सहभागी ट्राइटन ड्रोनले अमेरिकी सेनाको गुप्तचर जहाज यु–२ को ठाउँ लिएको छ र यो ५६ हजार फिटको उचाईसम्म उड्न सक्छ । यसको विशेषता के छ भने यस ड्रोनलाई शक्तिशाली रेडारमा आधारित मिसाइलले मात्रै खसाल्न सकिन्छ । 

यी मिसाइलमध्ये एक रुसको एस–३०० सिस्टम हो, जुन इरानसँग छ । पहिलो पटक अमेरिकाको ट्राइटन ड्रोन खसालिएको बताइएको छ । 

अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको बताइएको छ । 

गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै अमेरिकाले थप सेना तैनाथ गरेको हो । इरानले भने आरोप अस्वीकार गर्दै आएको छ । इरानले अब युरेनियमको उत्पादन बढाउने घोषणा गरेको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर