• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भ्रष्टाचारको आरोपमा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्द मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

महानिर्देशक कर्णसमेतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि खरिद गरिएका ४ वटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिसन लिएको तथा मापदण्ड नपुगेका भ्यान खरीद गरी आर्थिक अनियमितता गरेको भन्दै मुद्दा आयोगले दायर गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चार थान प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा सप्लायर्ससँगको मिलेमतोमा बदनियतपूर्वक आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई दुई पटकमा २४ करोड ८० लाख ९५ हजार हजार एक सय १६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर