• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

डेंगु परिक्षणमा बढी मूल्य नलिन आग्रह

विराटनगर । सुनसरीको धरान लगायत मोरङ र झापामा डेंगुको संक्रमण नियनत्रणमा नआइरहेको बेला निजी स्वास्थ्य संस्थाहरुले रगत परिक्षण किटको मनोमानी शुल्क लिइरहेका छन् । डेंगु परिक्षण गर्न प्रयोग गरिने किटको मुल्य ४ सय रुपियाँ पर्नेमा कतिपय निजी अस्पतालले २ हजार ५ सय रुपियाँसम्म लिन थालेपछि अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले बढी मूल्य लिने कार्य बन्द गर्न भन्दै प्रेस विज्ञप्ति प्रकाशित गरेर विरोध गरेको छ ।

महामारी फैलिएको बेला सहयोग गर्नु पर्नेमा बढी मूल्य लिएर उपचार गर्नु गलत हुने भन्दै महासंघ प्रदेश १ इन्चार्ज अञ्जना पोखरेल विज्ञप्ति मार्फत बढी मूल्य लिने कार्यको भत्र्सना गरेका छन् । 
 
सरकारी अस्पतालहरुमा डेंगु परिक्षण निशुल्क गरिने भएपनि निजी अस्पतालहरुले भने महामारीको समयमा अनुचित फाइदा उठाउदै बढी मूल्य लिदै आएका छन् । 

विराटनगरको नोबेल अस्पतालले डेंगु परिक्षण गर्दा विरामीसँग  २ हजार ५ सय रुपैया लिने गरेको छ खुलेको छ । बिरामीसँग पच्चिस सय रुपियाँ लिएर डेंगू परिक्षण गरेको बिलसमेत प्राप्त भएबाट बढी मूल्य लिएको पुष्टि भएको छ । विराट अस्पतालले १ हजार ८ सय रुपैया लिने गरेकोमा केही दिन अघि मूल्य घटाएर ६ सय ५० रुपियाँ बनाएको छ ।
 
डेंगु परिक्षणको किटको बजार मुल्य ४ सय रुपैया सम्म पर्दछ । परिक्षण गराउनेहरु निकै कम आउने गरेकाले परिक्षण शुल्क महंगो पर्ने गरेको निजी अस्पताल संचालकहरुले बताएका छन् । प्रदेश सरकारले भने डेंगु संक्रमितहरुको सरकारी अस्पतालहरुमा निशुल्क परिक्षण र उपचार गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले समेत नीजि स्तरबाट संचालित प्रयोगशालाहरुमा परिक्षण गराउँदा बढी शुल्क लिने गरेको भन्दै भत्र्सना गरेको हो । जनताको पहुँचभन्दा बाहिर रहेर डेंगु लगायत कुनैपनि समस्याको परीक्षण गर्न नसक्नेगरी शुल्क लिने संविधानले तोकेको स्वास्थ्य सेवाको मौलिक हक उल्लंघन भएको भन्दै समितिकी उपाध्यक्ष अन्जना पोखरेलले सुलभ दरमा डेंगुको परिक्षण र उपचार लगाउन माग समेत गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर