बलिउडमा नयाँ विवाद : ऋतिक रोशनको दिदीलाई कंगनाले मद्दत गरिन् !

तस्विर : वेब

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनकी दिदी सुनैना रोशनले सामाजिक सञ्जालमा ऋतिककी पूर्वप्रेमिका तथा अभिनेत्री कंगना रनाउटलाई समर्थन गरेपछि बलिउडमा एक नयाँ विवाद अगाडी आएको छ । 

सुनैनाले ट्विटरमा कंगनाको समर्थन गर्ने बताएकी छिन् । यसका साथै उनले एक अन्तरवार्तामा कंगनाले न्याय पाउनु पर्ने बताएकी छिन् । 

त्यस्तै, कंगनाकी दिदी रंगोलीले पनि सुनैनालाई लिएरक ट्विटरमा लेखेकी छिन् । उनले सुनैना रोशनले कंगनासँग मद्दत मागिरहेको बताएकी छिन् । दिल्लीका एक मुस्लिम युवकसँग सुनैना प्रेममा छिन्, जसका कारण पछिल्लो साता उनको परिवारले कुटपिट गरेको रंगोलीले बताएकी छिन् । ‘उनको बुवाले पनि उनिमाथि हात उठाए र उनको भाईले उनलार्य जेल पाउने प्रयास गरिरहेका छन्’, रंगोलीले लेखेकी छिन् । 

रंगोलीले ट्विटरमा अगाडी कुनै पनि व्यक्तिले आफूले चाहेकोसँग प्रेम गर्ने अधिकार रहेको भन्दै सुनैनालाई मद्दतको आवश्यकता रहेको बताएकी छिन् । 

पिंकभिल्लालाई दिएको एक अन्तरवार्तामा सुनैना रोशनले बुवा राकेश रोशन आफ्नो प्रेम सम्बन्ध स्विकार्न तयार नभएको दावी गरेकी छिन् । 

‘गत वर्ष मेरो एक मुस्लिम युवकसँग प्रेम बस्यो । ऊ एक पत्रकार हो । मेरा परिवारका सदस्यले यसबारे थाहा नपाउन् भन्ने चाहान्थे’, सुनैनाले अन्तरवार्तामा भनेकी छिन्, ‘मेरो परिवारले हाम्रो सम्बन्ध स्विकार गरोस् भन्ने चाहान्छु । त्यस समय विवाह हुन्छ भन्ने जान्दिन थिए, तर उनीसँगै बस्न चाहान्थे । तर ऊ मुस्लिम भएकाले अस्विकार गरियो ।’ 

सुनैनाले यस अन्तरवार्तामा आफ्नो जीवनको सबै पाना सार्वजनिक गरेकी छिन्, जुन विवादित बन्न सक्छ । उनले आफ्नो परिवारले चिन्तित बनाउने पनि बताएकी छिन् । सुनैनाले ऋतिक विरुद्ध केही नबोले पनि आफ्नो अप्ठेरो समयमा आफ्नै भाईले पनि साथ नदिएको बताएकी छिन् । 

सुनैनाले आफ्नो यस अन्तरवार्तामा कंगना र ऋतिकको विवादित सम्बन्धमा कंगनाको समर्थन गरेकी छिन् । उनले भनेकी छिन्, ‘मैले हालै कंगनासँग मद्दत मागेकी थिए, किनकि उनी महिला शक्तिको प्रतिक हुन् । मलाई थाहा छैन, उनी र मेरो भाईबीच के भएको थियो, तर बिना आगो धुवा निक्लदैन भन्ने पनि सत्य हो । कंगना र म एक समय राम्रो साथी थियौँ ।’

उनले अगाडि भनेकी छिन्, ‘दुई वर्षअघि उनले राष्ट्रिय पुरस्कार जित्दा मैले सन्देश पठाए । तर कंगनाले मलाई सन्देश पठाउादै मेरो परिवारका कारण उनीसँग साथी नबन्नु र सम्पर्कमा नरहन बताइन् । त्यतिबेला भाई र उनीबीच के चलिरहेको थियो मलाई थाहा भएन ।’

यस विवादलाई लिएर सुजैन खान(ऋतिक पूर्वपत्नी)ले टिुवटरमा एक पोस्ट गर्दै रोशन परिवार कठिन समयको सामना गरिरहेकाले कुनै पनि परिवारको कठिन समयको सम्मान गर्न बताएकी छिन् । 

त्यस्तै, रोशन परिवारका एक सदस्य एहसान रोशनले पनि ट्विट गर्दै लेखेका छन्, ‘यो दुखको कुरा हो । मान्छे आफ्नो फाइदाका लागि परिवारको कठिन परिस्थितिको फाइदा उठाइरहेका छन् । यदि पारिवारमा कुनै पनि प्रकारको समस्या भए दिदीसँग देशको कानुन छ ।’ 

ऋतिक रोशनको अगाडी यो विवाद त्यस समय आएको छ, जहाँ उनी यतिबेला आफ्नो आगामी प्रतिक्षित फिल्म सुपर–३० को प्रमोशनमा व्यस्त छन् । ऋतिकका बुवा राकेश र उनकी आमाको स्वास्थ्य अवस्था राम्रो नभएको पनि बताइएको छ । रोशन परिवारको तर्फबाट यस विवादबारे कुनै प्रतिक्रिया आएको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर