• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना, ४४ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लामा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३) eGbf al9 जना घाइते भएका छन् । पहाडी क्षेत्रको सडकमा चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट तल खसेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए ।

बसमा क्षमताभन्दा निकै बढी यात्रु सवार रहेका कारण दुर्घटना भएको बताइएको छ । उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण बस नियन्त्रण गुमाएर भीरबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्थानीय अधिकारीको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर