अञ्जली अधिकारीको चलचित्र ‘प्रेमगीत–३’ को अडिसन (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘प्रेमगीत–३’ को नायिकाका लागि २,७१४ जनाबाट छनौट भएका उत्कृष्ट २५ जना प्रतिभाशाली युवतीहरुको दोस्रो चरणको अडिशन भएको छ ।

लाजिम्पाटस्थित आसुसेन फिल्मसको कार्यालयमा भइरहेको दोस्रो चरणको अडिशनमा ‘गलबन्दी’ र ‘बोल माया’ फेम मोडल अञ्जली अधिकारी, ‘सय कडा दश’ की अभिनेत्री करुणा श्रेष्ठ, दिब्यानी ओली, बुगीउगी बिजेता कविता नेपाली, क्रिष्टिना गुरुङ्ग र तमन्ना केसी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यसै क्रममा अञ्जली अधिकारीको अडिसन सार्वजनिक भएको छ । 

२,७१४ जनाबाट छनौट भएका उत्कृष्ट २५ मा अलिशा, अञ्जली, अनुजा, भविका, दिव्यनी, करुणा, कविता, कृष्टिना, कृस्टिना, लाक्पा, मानश्वी, नीलम, पूजा, ऋतु, रिया, रुवी, सविता, सरिना, शक्शि, शिक्षा, श्रद्धा, स्नेहा, तमान्ना, तनुजा र याना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर