• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लागुऔषध प्रयोग हुने प्रकारका औषधि जथाभावी नबेच्न सुझाव

तस्विर : रासस

ताप्लेजुङ । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ । 

पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । शनिवार सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी बाहेकलाई औषधि नबेच्न भनेको छ । 

एन्जाईटिकलगायतका समस्या हुँदा प्रयोग गरिने उक्त औषधिलाई युवायुवतीले लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । अनुगमनकै क्रममा औषधिलाई स्टोर गरेर राख्न, म्याद नाघेकालाई छुट्टै राख्न समेत सुझाव दिएको अनुगमन समितिका सदस्य तथा जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले बताए । 

आज गरिएको अनुगमनका क्रममा अवैध नभेटिएको समेत लामाको भनाइ छ । तमोर अस्पताल, लाईफ फार्मेसीलगायतका स्वास्थ्य संस्थामा आज अनुगमन गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर