• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अमेरिकी प्रतिबन्धको सामना गर्न हुवावेले रुसी 'अपरेटिङ सिस्टम' प्रयोग गर्ने !

तस्विर : वेब

एजेन्सी । हुवावेमाथि लागेको अमेरिकी प्रतिबन्धपछि, अब हुवावेले आफ्नो स्मार्टफोनहरुमा कुन अपरेटिङ सिस्टम उपलब्ध गराउँछ भनी निक्कै चर्चा हुँदै आएको छ । 

केही समयअघि कम्पनीले आफ्नै अपरेटिङ सिस्टम ‘होङमेङ’ लगभग तयार गरेको र चाँडै यसलाई डिभाइसमा उपलब्ध गराउँने खबर आएको थियो । यद्यपि ताजा खबर अनुसार, हुवावेले आफ्नो डिभाइसमा रुसी अपरेटिङ सिस्सटमा ‘अउरोरा’को प्रयोग गर्न सक्छ । 

रुसी उप–सञ्चार मन्त्रीले हुवावेले आफ्नो डिभाइसहरुमा ‘अउरोरा अपरेटिङ सिस्टम’को प्रयोग गर्ने सिलसिलामा सञ्चार मन्त्रालयको अधिकारीहरुसँग कुराकानी गर्ने बताएको शुक्रबार एक रुसी अखबारले जनाएको छ । 

आगामी समयमा अमेरिकाद्धारा लगाइएको प्रतिबन्धबाट हुने गम्भिर परिणामलाई मध्यनजर गर्दै हुवावेले यो कदम उठाएको हुनसक्ने बताइएको छ । अमेरिकाद्धारा हुवावेमाथि लगाइएको व्यापार प्रतिबन्ध लागु भएपछि कुनै पनि अमेरिकी कम्पनीले हुवावेलाई आफ्नो प्रविधि बेच्न पाएका छैनन् । 

हुवावेले एक अनुमान लगाउँदै भनेको छ – प्रतिबन्धका कारण आगामी दुई वर्षमा कम्पनीलाई ३० अर्ब डलरसम्म नोक्सान हुनसक्छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी रेन जेन्गफाइले हुवावको स्मार्टफोनको बिक्रीमा ४० प्रतिशतसम्म आउन सक्ने संकेत गरेका छन् । 

यतिबेला अमेरिकाले हुवावेलाई ९० दिनको समयसीमा दिएको छ, तर यदि यसबीच अमेरिका र चीनबीच व्यापार सम्झौँता नभएमा हुवावेले भारी नोक्सान उठाउनु पर्नसक्छ । 

प्रतिबन्धका कराण गुगल जस्ता प्ले प्रटेक्ट, सेक्योरिटी अपडेट र अन्य कुनै फिचर्स पनि प्रतिबन्ध छ । यति मात्रै होइन हुवावेको स्मार्टफोनहरुमाथि गुगल म्याप्स र युट्युव पनि काम गर्ने भएको छ । 

रुसको अउरोरा अपेरिटिङ सिस्टम ‘ओपन सोर्स सेलफिश ओएस लिनक्स’मा आधारित फिलल्याण्डको कम्पनी ‘जोल्ला’ले विकसित गरेको हो । मोबाइलको अपरेटिङ सिस्टममा सेलफिश त्यति चर्चित भने होइन र एन्ड्रोएड र आईओएसको तुलनामा पनि निक्कै पछि छ । 

यद्यपि, यसमा प्रयोकर्ताको गोपनीयता र सुरक्षा एन्ड्रोएड र आईओएसभन्दा राम्रो हुने बताइएको छ । हुवावेले यो अपरेटिङ सिस्टम यसै वर्षको अगस्ट वा सेप्टेम्बरमा लञ्च गर्न सक्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर