धनुषाका प्रजिअमाथि नै दुई सय मुद्दा

जनकपुरधाम । जिल्लामा शान्ति सुरक्षा कायम गराउने जिम्मा प्रमुख जिल्ला अधिकारी मातहत हुन्छ । तर प्रमुख जिल्ला अधिकारीमाथि नै शान्ति सुरक्षा खलबलाउने आरोप लगाएर अदालतमा रिट लाग्ने कुरो अधिकांशलाई विश्वास नलाग्न सक्छ । हुनत प्रमुख जिल्ला अधिकारीमाथि सबै जिल्लामा मुद्दा पर्ने गर्छन । तर धनुषामा यो प्रवृति पछिल्लो समय बढ्दै गईरहेको पाइएको छ । 

धनुषामा प्रमुख जिल्ला अधिकारी भएर प्रदीपराज कणेल आएको ८ महिना हुनै लागेको छ । उनी धनुषामा वि।सं। २०७५ कार्तिक १९ गते प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । प्रजिअ भएर आएको ८ महिनाकै अवधीमा कणेलमाथि लगभग दुई सय मुद्दा परि सकेको छ । 

प्रजिअ कणेलमाथि सडक विवाद, शान्ति सुरक्षा कायम गराउने सम्बन्धि, जग्गा विवाद लगायतको प्रकृतिको मुद्दा अधिकांश परेको देखिन्छ । प्रजिअ कणेलका अनुसार यस्ता विवाद मिलाई दिनका लागि निवेदन दिन आउनेहरुको विपक्षीले नै अदालतमा रिट दायर गर्ने गरेका छन् । निवेदनकर्ताको पक्षमा कुनै निर्णय भएपछि प्रजिअलाई नै प्रतिवादी बनाएर अदालतमा रिट दायर गर्ने प्रवृति धनुषा जिल्लामा बढ्दै गईरहेको उनले बताए । 

अधिकांश रिट दायरकर्ताले प्रजिअले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्ने गरेको गुनासो गर्ने गरेको पाइन्छ । 

कणेलले यस प्रकारको रिटले प्रजिअको कामकाजलाई प्रभावित गर्ने गरेको बताए । उनले भने‘ आफूले जिल्लाको अन्य काम हेर्ने कि यी रिटहरुको जवाब फर्काउने समय मिलाउनै गाह्रो हुने गरेको छ ।’ उनले दिनहुँ विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु पर्छ, कार्यालयको अन्य कामहरु समेत देख्नु पर्ने हुन्छ तर यस प्रकारको रिटहरुका कारण केही समय जवाब फर्काउनका लागि समेत निकाल्न परिरहेको बताए । 

आफूले यस्ता रिटहरुको जवाबमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको र आफू दोषी नरहेको भन्दै अधिकांश रिटको जवाफ फर्काउने गरेको कणेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर