जनकपुरका ई रिक्सा चालकको माग : पार्किङको व्यवस्था गर्नुस

जनकपुरधाम । प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा सवारी पार्किंगको समस्या समाधानका लागि माग गरेका छन् । ई रिक्सा चालकहरुकै कारण सडक जाम हुने गरेको गुनासो बढेपछि ई रिक्सा चालकहरुले सवारी पार्किंगको व्यवस्था मिलाई दिन माग गरेका हुन् । 

जनकपुरधाममा नेपाल पर्यटन बोर्डले आयोजना गरेको दुई दिवसीय अन्तरकृया कार्यक्रममा रिक्सा तथा टेम्पो चालकहरुले सवारी पार्किंग हाम्रो लागि ठूलो समस्याको रुपमा रहेको बताएका थिए । पार्किङ अभावमा चालकहले अनाहक ट्राफिक प्रहरीबाट गाली सुन्नु पर्ने अवस्था रहेको भन्दै उपमहानगरलाई पार्किङको व्यवस्था गर्दिन उनीहरुले माग गरेका हुन् । 

चालक दिपेन्द्र ठाकुरले पर्यटक भित्र्याउन चालकहरुको मुख्य भुमिका रहेको भन्दै सडक तथा पर्यटकिय स्थल व्यवस्थित बनाउनु पर्ने भन्दै पार्किङको व्यवस्था गर्दिन जनकपुरधाम उपमहानगरपालिकासंग आग्रह गरे । रिक्सा चलाक पंकज झलो भने ‘पसल अगाडी एकछिन रोकियो कि व्यवसायीहरुले गाली गर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले देखेपछि प्रहरीले गाली गर्छ । जनकपुरमा अटो रिक्सा तथा टेम्पो पार्किङको अभाव छ । यस्को व्यवस्था नगरपालिकाले गर्दिनु पर्छ ।’ सरोकारबला निकायलाई भाँडा र रुट र्निधारण गर्दिन उनले जोड दिए । 

चालक जिवन पजियारले सवारी पार्किङ अभावमा नगरमा दुर्घटना बढी भएको भन्दै व्यवस्थित पार्किङको आवश्यकता रहेको औल्याए । पार्किङ अभावमा आमसर्वसधारणदेखि व्यवसायीहरुले सडकमा सवारी पार्किङ गर्न असुरक्षित महशुश गरेको उनले बताए । अटो रिक्सा तथा टेम्पो चालकहरुको गल्तीबारे आत्म समिक्षा गर्दै चालकहरु लाई सुधार गर्न उनले सुझाए । ‘अटो तथा टेम्पोमा समान लोड गर्नेलाई कारवाही गनु पर्छ,’ उनले भने, ‘व्यवस्थित पार्किंगको व्यवस्था भए चालकहरुले आफनो गल्ती सुधार गर्छ ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले चालकहरुलाई तीनवटा बीमा गराउन सुझाउँदै रुट र भाँडा छिट्टै नगरपालिकालाई र्निधारण गर्न र्निदेशन दिएका छन् । यस वर्ष बीना शुल्क सवारी आवद्धतापत्र दिन भन्दै पार्किङको व्यवस्था गर्न र भएको खालि ठाउँलाई व्यवस्थित बनाउनु पर्ने उनले बताए । आउने आर्थिक वर्षदेखि प्रत्येक महिना उत्कृष्ट रिक्सा चालकलाई पुरस्कृत गर्ने योजना समेत रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर