• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उडानका दौरान निदाइन् महिला, बिउझिँदा निस्पट अध्यारोमा !

तस्विर : वेब

एजेन्सी । हामीमध्ये धेरैजसो बसमा यात्रा गर्दा मस्त निदाउने गर्छौ । यद्यपि, आफ्नो गन्तव्यमा पुगेपछि ओर्लिन्छौँ । त्यस्तै, विमानमा यात्रा गर्दाका दौरान निदाए पनि ल्याण्ड भएपछि यात्रुलाई ओर्लिने सुचना दिइन्छ । तर, क्यानडामा एक महिला विमान ल्याण्ड भएपछि पनि बिउझिइनन्,  जसका कारण विमान भित्रै लक भइन् । 

यो घटना यसै महिनाको सुरुवातको हो । एयर क्यानडाको एक उडानका दौरान विमान ‘टेक अफ’ भएपछि एक महिला यात्रु निदाइन् । विमान ल्याड भएर पार्किङमा गएर उभिएको थियो । खासमा यी महिलालाई चालक दलले पनि देखेनन्, जसका कारण उनी विमान भित्रै लक भइन् । 

टिफ्फनी एडम्स नामकी महिलाको यो कहानी उनकी साथीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनको अनुसार, टिफ्फनी क्युबेकदेखि टोरन्टो पियर्सन अन्तराष्ट्रिय विमानस्थल जाँदै थिइन् । पोस्टका अनुसार, फ्लाइटमा उनी निदाइन् र जब बिउझिइन् चारैतिर अध्यारो थियो । 

महिलालाई नराम्रो सपना देखिइरहेको जस्तो लाग्यो । आत्तिदै उनले आफ्नी साथीलाई फोन लगाइन्, तर उनको फोन काट्टियो, किनकी उनको फोनका ब्याट्री सकिएको थियो । 

अध्यारोमा यता–उता गर्दा ककपिटको नजिकै एक टर्च–लाइट भेटिन् । टर्चको उज्यालोमा उनले जसोतसो विमानको एउटा ढोका खोल्न सफल भइन्, तर तल झर्न सकिनन् । 

जनिम टेक्नका लागि महिलाले १५ मिटर तल झर्नु पर्ने थियो, जसका लागि उनले उफ्रिनु पर्ने थियो, तर यो उनका लागि निक्कै कठिन काम थियो । 

पोस्टका अनुसार, त्यसपछि टिफ्फनी एडमले टर्चको प्रकाशबाट सामान बोक्ने कार्ट ड्राइभरको ध्यान तान्ने प्रयासमा लागिन् । संयोगले एक ड्राइभरले उनलाई देख्यो, जसपछि मात्रै उनी विमानबाट उत्रिन सकिन् । 

यस घटनाका लागि टिफ्फनी एडमले एयर क्यानडासँग माफी मागेकी छिन् । यद्यपि, यस घटनाबाट टिफ्फनीलाई मानसिक रुपले असर परेको छ । यस घटनालाई लिएर अनुसन्धान भइरहेको एयर क्यानडाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर