• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पिएम कप : वर्षाले खेल प्रभावित भएपछि सोमबारका चार प्रतिस्पर्धीले अंक बाँडे

धनगढी । महेन्द्रनगरको कबड हलमा जारी चौँथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता वर्षाको कारण प्रभावित बनेको छ । आईतबारबाट निरन्तर भईरहेको वर्षाले कपका तीन वटा खेल प्रभावित भएका छन् ।

सोमबार हुने भनिएको एपीफ र प्रदेश नम्बर ५ बिचको पहिलो खेलका दुवै टोली अंक बाँड्न बाध्य भएका छन् । प्रतियोगिताका टेक्नीकल प्रमुख विनय कुमार झाले निरन्तर भईरहेको वर्षाको कारण खेल प्रभावित भएको बताए । उनका अनुसार वर्षका कारण प्रतियोगिताका चार खेल प्रभावित भएका छन् ।

त्यस्तै सोमबार ने तय गरिएको प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ बिचको खेल पनि हुन सकेनन् । वर्षाले खेल अवरुद्ध बनेपछि दुवै टोलीले अंक एकएक अंक बाँडेको टेक्नीकल प्रमुख झाको भनाई रहेको छ । मंगलबार अंक तालिकाको शिर्ष स्थानमा रहेका अन्तिम चार टिम बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर