• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राष्ट्रिय विच भलिबलको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई

पोखरा । राष्ट्रिय विच भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ शसस्त्र प्रहरी वलको एपिएफ ले उपाधि जितेका छन्। सोमबार फेवाताल किनारामा भएको सातौं राष्ट्रिय पुरुष विच भलिबल प्रतियोगिताको फाइनल खेलमा आर्मीले घरेलु टिम गण्डकी प्रदेशलाई २१(१६, १८(२१ र १८(१६ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

आर्मी ए का मानबहादुर श्रेष्ठ र दिल कुमार सुनारको जोडीले गण्डकी बी का राजु विक र अनिल दर्लामी मगरको जोडीलाई पराजित गरेका हुन्। छैठौं संस्करणको महिला बिच भलिवल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ ए ले नेपाल पुलिस ए समुहलाई २१(१३, २१(१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले पुलिसका निता साह र कोपिला उप्रेतीको जोडीलाई पराजित गरेका हुन् । महिलातर्फ पुलिस बीको समुहले आर्मीलाई पराजित गर्दै तेश्रो भएको छ । 

त्यसै गरी पुरुष तर्फ गण्डकी प्रदेश ए को समुहले नेपाल पुलिस लाई पराजित गर्दै तेश्रो भएको छ । प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई ३०र३० हजार, उपविजेता टिमलाई २०र२० हजार र तेश्रो हुनेलाई १०र१० हजार पुरस्कार प्रदान गनिरे भएको छ । प्रतियोगितामा एपिएफकी विनिता बुढाथोकी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन भने पुरुष तर्फ आर्मीका दिल कुमार सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले उपाधि सहित जनही ३ हजार पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सांसद राजिव पहारी, नेपाल भलिबल संघका उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । 

असार ५ देखि सुरु भएको प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिमको सहभागिता रहेको अपिसियल एवं रेफ्रि संयोजक टहलसिंह थापाले बताए । प्रतियोगितामा तीन विभागिय (नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको एपिएफ) सहितका सातै प्रदेशबाट खेलाडीहरु सहभागि भएका हुन्। बर्षादका कारण पोखरामा संचालन भएको राष्ट्रिय बिच भलिवल प्रतियोगिता प्रभावित भएको थियो । कास्की जिल्ला भलिवल संघको आयोजनमा असार ७ गतेससम्म संचालन हुने भनिएको उक्त प्रतियोगिता असार ६ गते देखि लगातार पानी परेकोले गर्दा असार ९ गते सम्म लम्बिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर