विप्लवको बन्दको पूर्वसन्ध्यामा पोखरामा भेटियो शंकास्पद वस्तु

फाइल तस्बिर

पोखरा । पोखराको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको छ । पोखराको सिद्धार्थ चोकमा रहेको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको हो ।

विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको अघिल्लो दिन टाइम बम भनेर कागजमा लेखेर शंकास्पद बस्तु राखेको प्रहरीले जानकारी दिएको छ ।

अहिले नेपाली सेनाको टोलीले डिस्पोजका लागि तयारी गर्दै गरेको छ । शंकास्पद बस्तुको नजिकै एउटा कागजमा टाइम जडित डेटोनेटर लेखेर नेपाल बन्द सफल पारौं लेखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर