• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

हरेक प्रेम जोडीको सम्बन्धमा आउँछन् यी १२ समस्या !

Photo : Symbolic

काठमाडौं । कुनै पनि सम्बन्ध ‘पर्फेक्ट’ हुँदैन । र यो पनि सत्य हो कि कोही पनि अफ्नो प्रेमी वा प्रेमीका वा श्रीमानश्रीमतीसँग झगडा गर्न चाहदैन । तर, लडाईको यस पुललाई जो–कोहीले पार गर्नुपर्छ । किन उत्पन्न हुन्छ यस्तो परिस्थिति ? जान्नुहोस् १२ कारण, के थाहा तपाईको पनि यस्तै हुन्छ कि ?

रायको अन्तर – हामी सबैको सोच्ने तरिका फरक–फरक हुन्छ । विश्वमा कुनै पनि व्यक्ति अर्को व्यक्ति जस्तो हुँदैन । यस्तो अवस्थामा आफ्नो प्रेमी वा प्रेमिकालको फरक रायप्रति आपत्ति जनाउँछौँ वा दोष दिन्छौँ, हामीमध्ये धेरैजसो जोडी यही गर्छौ । यस मानेमा जोडीबीच रायको अन्तर हुनु पनि झगडाको एक कारण हो ।  

यौन जीनवमा संघर्ष – आवश्यक छैन, जब तपाई सेक्सको मुडमा हुनुहुन्छ र तपाईको श्रीमान वा श्रीमतीको पनि यही मुड होस् । यो पनि आवश्यक छैन कि जुन यौन आसन तपाई कल्पना गर्नुहुन्छ, उसले तपाईको अपेक्षा जति नै आनन्द दिन्छ । आवश्यक यो छ, कि सत्यतालाई स्विकार गर्नुपर्छ र अघि बढ्नुपर्छ । सँधै परफेक्ट हुनुपर्छ भन्ने छैन ।

पैसा – पैसा खर्च गर्ने र बचत गर्ने, हरेकको आफ्नो तरिका हुन्छ । पैसासँग जोडिएका झगडा जोडीबीच आम कुरा हो । यदि तपाई दुवै मिलेर घर–परिवारको खर्च मिलेर उठाउनु हुन्छ भने यस प्रकारको झगडा आम हो । 

शंका र असुरक्षा – तपाईहरु कति समयदेखि साथै हुनुहुन्छ भन्ने फरक पर्दैन, शंका र असुरक्षा मानव स्वभावको एक हिस्सा हो । तर, ध्यान दिनु पर्ने कुरा, फेरी पनि तपाईहरु एकसाथ हुनुहुन्छ, यसको अर्थ तपाई एक–अर्कामा केही त राम्रो देख्नुहुन्छ । 

अनजानमा इष्र्या – लगभग सबै जोडी समय–समयमा इष्र्याको अनुभव गर्छन् । तपाई कुनै साथी वा सहकर्मीलाई एक असल मित्रको रुपमा हुर्नुहुन्छ, तर तपाईको प्रेमी वा प्रेमिका अन्यथा सोच्न पुग्छ । यसलाई पनि मानव स्वाभावको एक हिस्साको रुपमा लिनुहोस् । 

एक्लोपनको आभास – आजकालको जीवनशैली निक्कै व्यस्तताले भरिएको हुन्छ । विशेषगरी, सहरमा बस्ने जोडीबीच समय नहुनु समान समस्या बन्दै गएको छ । यस्तो अवस्थामा आफ्नो जोडीसँग समय बिताउने इच्छा दबाएर राख्न बाध्य हुन्छन् । विशेषगरी, यदि तपाई दुवै कामकाजी हुनुहुन्छ भने । यस्तो अवस्थामा आफूलाई खुशी राख्ने प्रयास अवश्य गर्नुहोस् । 

फोनमा व्यस्त रहनु – यदि तपाई दुईमध्ये एक जनालाई फोन वा इन्टरनेट लत छ भने यसलाई लिएर तपाईबीच पक्कै घमासान लडाई हुनसक्छ । तपाईले फोनसँग विवाह गर्नु भएको पक्कै होइन, आफ्नो पार्टनरलाई दिने समय किन त्यसलाई दिने ?

भ्रममा पर्दा लडाई – धेरै पटक यस्तो हुन्छ, जब आफ्नो पार्टनरले सही रुपले कुनै पनि कुरालाई बुझाउन सक्दैन । यस्तोमा अवस्थामा भ्रम उत्पन्न हुने नै भयो । तर, भ्रमको कुनै उपचार हुँदैन । यस्तोमा आफूलाई समझदार र सहनशील बनाउन आवश्यक हुन्छ । समय आएपछि आफैँ स्पष्ट हुन्छ । 

अधुरा अपेक्षा – डेटिङका दौरान एक–अर्कालाई राम्ररी बुझ्ने पर्याप्त समय हुँदैन र तपाईहरु एक–अर्काको परफेक्शनका बारेमा मात्रै सोच्नुहुन्छ, जबकि जिन्दगीको अर्को पाटो पनि त हुन्छ । यस्तो अवस्थामा आफ्नो पार्टनरलाई लिएर तपाईको अपेक्षा अधुरो रहेको महशुस हुनसक्छ । 

सम्बन्धमा दिक्क महशुस गर्नु – यदि तपाई लामो समयदेखि कसैसँग हुनुहुन्छ भने एक समय यस्तो आउँछ, जहाँ कुरा गर्नका लागि खासै केही हुँदैन । तपाई एक–अर्काको जीवनको बारेमा सबै जान्नुहुन्छ र सम्बन्धमा ऊर्जा ल्याउने चीजको हराउन सक्छ । यस्तो अवस्थामा तपाईबीचको सम्बन्ध रसिलो वा हरियाली नरहन सक्छ । यस्तो सबै जोडीको जीवनमा आउँछ । आवश्यक छ त केवल केही नयाँ र रमाइलो गरिरहने । 

केही बानी र सफाईलाई लिएर लडाई – दुईमध्ये एक सरसफाईलाई लिएर निक्कै संवेदनशील र अर्को लापरवाही बानी भएको छ भने झगडा त हुने नै भयो । त्यसो त सुघ्घर सफा रहनु कुनै नराम्रो कुरा होइन, यसमा तपाई आफ्नो जोडीलाई साथ दिनुहोस्, यसमा सबैको भलाई पनि छ । 

बुवा–आमाको हस्तक्षेप – आफ्नो पार्टनर(जीवनसाथीको बुवाआमा वा उसका आफन्तले तपाईको जीवनमा हस्तक्षेप हुनु र तपाई यसबाट दिक्क मान्नु आम कुरो हो । उनीहरुसँग न तपाई असभ्य रुपले प्रस्तुत गर्न सक्नुहुन्छ न त जवाफ नै दिन सक्नुहुन्छ । यसले तपाईलाई मानसिक रुपले चिन्तित बनाउन सक्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर