• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १(० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो । उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् ।

जितसंगै समूह सी को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो । साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो ।

अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसंग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर