हेटौँडाको बजेट एक अर्ब ८१ करोड रुपैयाँ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि  एक अर्ब ८१ करोड १८ लाख रुपैयाँ को बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट  ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ , राजश्व बाँडफाँटबाट  ४५ करोड ८४ लाख नौ हजार रुपैयाँ, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट  आठ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।

 त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट  ८६ करोड ६४ लाख रुपैयाँप्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट १० करोड बेहोरिने उपप्रमुख लामाले बताए । 

बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि  १९ करोड १४ लाख ४० हजार रुपैयाँ विनियोजित गरिएको उपप्रमुख लामाले बताए । कार्यालयको सुशासनतर्फमा छ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ ।

 नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि  ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रु ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर