आव २०७६/७७ को बजेट पारित

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ। मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव राखेका थिए।

आर्थिक वर्ष २०७६/७७  का लागि अर्थमन्त्री खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट ल्याएका थिए। 

आगामी वर्षका लागि उनले चालूतर्फ ९  खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेका छन्। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर