• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

खानेपानी मन्त्रीको विरोध गर्न खोज्दा कुटपिट

कञ्चनपुर । खानेपानी मन्त्रीलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस कञ्चनपुरका कार्यकर्तामाथि कुटपिट भएको छ।

बेलौरी र पुनर्वासको नगरसभा उद्धघाटनका लागि जाने क्रममा खानेपानी मन्त्री विना मगरलाई डोकेबजारमा कालो झण्डा देखाउन खोज्दा उनीहरु कुटपिटमा परेका हुन्।

नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, नेपाली काग्रेसकै कार्यकर्ता विक्रम चन्द कुटपिटबाट घाईते भएका छन्। घाईते मध्ये चन्दको उपचार सेती अस्पतालमा भईरहेको छ। 

नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापती तथा नेपाली कांग्रेसका युवा नेता हरेन्द्र बिष्टका अनुसार मन्त्री मगरले जनताको काममा ध्यान नदिएको भन्दै केहि घण्टा चक्काजामको कार्यक्रम थियो।

नेकपाका नेता अनन्त चन्दले भने मन्त्री धनगढी प्रशासनमा बसेको खवर सुनेर नेपाली कांग्रेसका कार्यकर्ताले बाटो अवरुद्ध गर्न खोजेको र नेकपाका कार्यकर्ताले बाटो खोल्दा सामान्य विवाद भएको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर