• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । सरकारले गुठी सम्बन्धी विधेयक  राष्ट्रियसभाबाट फिर्ता भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव पेश गरेकी थिइन् ।

गुठियारहरुको अधिकार स्वतस् समाप्त हुने र नीजि गुठीहरुलाई सार्वजनिक गर्ने लगायतका विवादित प्रावधानहरु रहेको विधेयकको विरोध भएपछि सरकारले असार ३ गते नै विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

मन्त्री अर्यालले काठमाडौं उपत्यका र उपत्यका बाहिरका गुठी फरक रहेको भन्दै त्यसलाई व्यवस्था गर्न नै विधेयक ल्याएको दाबी गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर