• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

चिनियाँ दूरसञ्चार कम्पनीलाई फाइभ–जीका २५ सम्झौता

तस्विर : वेब

शेनजेन । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ ।

कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ । 

कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख छ । 

स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरैवटा कम्पनीसँग साझेदारी गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर