• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:16 pm

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता नहुने 

तस्विर : वेब

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । 

संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट गरे । 

यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । 

राष्ट्रपति ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेका छन् । उनको कोरियाको औपचारिक भ्रमणका लागि शनिबार राजधानी सोल आइपुग्ने छन् । 

सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने ब्लु हाउसले जनाएको छ । 

दुई नेताबीचको भेटका क्रममा अमेरिका र दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा कोरियाली द्वीपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने बताइएको छ । 

मुन र ट्रम्पबीच तीन महिनाभन्दा कम समयमा पुनः भेटवार्ता हुन लागेको हो । यसअघि गत अप्रिलमा यी दुई नेताबीच वासिंटनमा भेटवार्ता भएको थियो । 

ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सियोलको भ्रमण गरेका थिए । दक्षिण कोरिया भ्रमण गर्नुअघि जापानको ओशाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागिता जनाउनेछन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

  • ३ श्रावण, २०७६

बेइजिङ । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध

आफ्नो ‘ड्रोन’ सुरक्षित फर्केको इरानको दावी

  • ३ श्रावण, २०७६

तेहरान । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन)खसालेको भनी गरेको दावी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा

अस्ट्रियामा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

  • ३ श्रावण, २०७६

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा विमान