• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विराटनगरको बजेट ५ अर्व १२ करोड

मेयरदेखि वडा अध्यक्षसम्मको नाममा कार्यक्रमै कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ५ अरव १२ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभामा प्रमुख भीम पराजुलीले वार्षिक नीति तथा कार्यक्रम र बजेट एक साथ प्रस्तुत गरेका हुन् ।  ६२ प्रतिशत पूर्वाधार विकासमा बाँकी प्रशासनिक र चालु खर्च हुने १९ दशमलव ७ प्रतिशत प्रशासनिक खर्च हुने गरी महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।  

महानगरपालिका तर्फ ३  अरव २९ करोड ४९ लाख १२ हजार ५ सय रुपियाँ तथा महानगरमा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्व ८२ करोड ८१ लाख ७८ हजार गरी ५ अरव १२ करोड ३० लाख ९० हजार ५ सय रुपियाँको बजेट ल्याएको हो । 

महानगरपालिकाले प्रस्तुत गरेको अनुमानित व्ययमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार, राजश्व बाँडफाँडबाट ७२ करोड ५९ लाख, वित्तीय समानिकरण अनुदानबाट ४७ करोड ८४ लाख, सशर्त अनुदानबाट ५८ करोड ८९ लाख, समपुरक र विशेष अनुदान १२ करोड ५० लाख, संघीय सशर्त अनुदान ३९ करोड ५० लाख प्राप्त गर्ने जनाएको छ ।

यसैगरी विभिन्न संघसंस्थाबाट २ करोड ३२ लाख, जनसहभागिताबाट ४ करोड ३५ लाख, नगर विकास कोषबाट ११ करोड ऋण, र आन्तरिक आय वृद्धिबाट थप २० करोड प्राप्त गर्ने प्रस्ताव महानगरले अगाडि सारेको छ । प्रस्तुत बजेटमा ६४ करोड ९२ लाख प्रशासनिक खर्च हुने उल्लेख छ । 


महानगरपालिकाले सामाजिक विकास तर्फ १० दशमलव ४४ प्रतिशत, शिक्षा तथा खेलकुद तर्फ ३ दशमलव ९३ प्रतिशत, कृषि तथा पशुपंक्षी विकास तर्फ ३ दशमलव ५९ प्रतिशत खर्च हुने प्रक्षेपण गरेको छ ।  विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष देखिने र अनुभूति गर्ने  कार्यक्रम प्रस्तुत गरेको छ । पूर्वाधारमा पहुँच नभएका सिमान्तकृत वर्ग समुदायको बस्ती क्षेत्रमा मेयर विशेष पूर्वाधार विकास कार्यक्रम अघि बढाउने जनाएको छ । 

महानगरलाई आर्थिकरुपले आत्मनिर्भर बनाउन मेयरसँग स्वरोजगार, आत्मनिर्भर घरघर अभियान चलाउने जनाएको छ । आत्मनिर्भर बनाउने भनिएपनि आगामी वर्ष ६४ करोड प्रशासनिक खर्च हुने अनुमान गरेको महानगरले चालु आर्थिक वर्षमा ३१ करोड रुपैया मात्र आम्दानी गरेको छ । चालु वर्षमा महानगरले ५४ करोड आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यभन्दा २३ करोड कम राजश्व उठाएको महानगरले आगामी वर्ष ७९ करोड ९८ लाख रुपियाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने भन्दै महत्वकांक्षी प्रस्ताव अगाडि सारेको छ । महानगरपालिकाले आगामी ३ वर्ष आन्तरिक राजश्व सुधार अभियानको वर्षको रुपमा मनाउने घोषणा पनि गरेको छ । 

महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा तारिणी प्रसाद कोइराला सञ्चारग्राम बनेपछि महानगर एफ.एम. सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ । एक वडामा एउटा पार्क तथा पिकनिकस्थलको विकास गर्ने अवधारणा पनि महानगरपालिकाले अगाडि सारेको छ । 

 

सुन्दरहरैंचामा नेकपाको बहिस्कार 

यता मोरङको सुन्दरहरैंचा नगरपालिकाले १ अर्व ८ करोड रुपियाँको बजेट नगरपरिषदमा प्रस्ताव गरेको छ । सुन्दरहरैंचाको आन्तरिक आम्दानी ९ करोड ४४ लाख अनुमान गरिएको छ । नीति तथा कार्यक्रम पेस गरे लगतै नेकपाका नगरपरिषद सदस्यहरुले सभा बहिस्कार गरेका छन् । उनीहरुले नगरपालिकाले विकास निर्माणको काम गर्दा ग्राभेल सडक निर्माणमा १० प्रतिशत र कालोपत्रे सडक निर्माणमा २० प्रतिशत भन्दा लागत साझेदारी गर्न नहुने र उपभोक्ता मार्फत गर्ने कामको कन्टेन्जेन्सी शूल्क १ प्रतिशत मात्र हुनुपर्ने प्रस्ताव राखेका थिए ।

नेकपाका सदस्यहरुको प्रस्ताव नगरप्रमुख शिवप्रसाद ढकालले अस्वीकार गरेपछि दुई तिहाई सदस्यहरुले सभा बहिस्कार गरेका छन् । बहिस्कार पछि नगरसभा र बजेट नै अन्यौलमा परेको छ । त्यस क्रममा भएको छलफलमा लागत साझेदारीमा कुनै काम नगर्ने सबै ठेक्काबाट निर्माणको काम गर्ने प्रस्ताव नगर प्रमुखले ल्याउनुभएको थियो तर त्यसलाई पनि नेकपाले अस्वीकार गरेको छ । 

 

जहदामा ३७ करोड

उता मोरङको जहदा गाउँपालिकाले ३७ करोड ७१ लाख ५३ हजार रुपियाँको बजेट गाउँसभामा पेश गरेको छ । जहदा गाउँपालिकाले गत वर्ष ४१ करोडको बजेट ल्याएकोमा यस पटक केही घटाएर बजेट प्रस्ताव गरेको हो । यद्यपी सामाजिक सुरक्षा भत्ताको रकम बजेटमा उल्लेख नगर्दा रकम घटेको गाउँपालिकाका अध्यक्षले दिए । 

पथरीशनिश्चरे

मोरङको पथरी शनिश्चरेले ७२ करोडको बजेट नगरसभामा प्रस्तुत गरेको छ । नगर प्रमुख दिलिपकुमार राईले ७२ करोड ५२ लाख ६४ हजार रुपियाँको बजेट पेश गरेका छन् । 
उता मोरङको रंगेली नगरपालिकाकाम अपरान्हसम्म नगरसभा सञ्चालन हुन सकेको छैन । नेपाली काग्रेंसको तर्फबाट बजेत तयार पार्दा औपचारिक पत्र मार्फत छलफलमा बोलाउनु पर्ने भन्दै केही दिन अघिदेखि जारी विवाद समधान नहुँदा नगरसभा अघि बढ्न नसकेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर