• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रदेशसभा सदस्य चमेलीको आरोप : प्रजिअले दुर्व्यवहार गरे

प्रजिअ भन्छन- 'माननीयजीले नै दुर्व्यवहार गर्नुभयो '

जनकपुरधाम । प्रदेश दुईका प्रदेशसभा सदस्य चमेली देवी दासले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आफूमाथि दुरव्यवहार  गरेको आरोप लगाएकी छिन् । एक सेवाग्राहीको नागरिकता बनाउन आनाकानी गरेपछि आफूले नागरिकता बनाई दिन आग्रह गरेपछि प्रजिअ कणेलले अपशब्द प्रयोग गरेको उनले आरोप लगाइन् । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–६ बस्ने ६५ वर्षीय बृद्ध किशोरी यादव नागरिकताको प्रतिलिपि लिनका लागि करिव एक हप्तादेखि जिल्ला प्रशासन कार्यालयमा धाउँदापनि प्रतिलिपि नपाएपछि उनको सहयोगका लागि प्रदेशसभा सदस्य दास जिल्ला प्रशासन कार्यालय पुगेकी थिईन ।


प्रदेशसभा सदस्य दासले नागरिकता फाँटमा कुन कारणले प्रतिलिपि दिन ढिलाई भईरहेको कुरा कर्मचारीसँग सोध्दा उनीहरुले नटेरेपछि प्रमुख जिल्ला अधिकारी कणेलको कार्यकक्षमा पुगेकी थिईन । त्यहाँ दासले कर्मचारीको गुनासो पोख्न लाग्दा उनीसँग उल्टै अभद्र व्यवहार गरिएको उनको आरोप रहेको छ ।

उनले भनिन, ‘तलको फाँटका कर्मचारीले मलाई टेरेनन्, बाध्य भएर सिडियोको कार्यकक्षमा पुगें । त्यहाँ मैले सिडियो साहेबलाई कुन कारणले ६५ वर्षीय वृद्धको नागरिकता दिनमा आलटाल भईरहेको छ भनेर प्रश्न गरें । सिडियो पहिलादेखि नै आक्रोशित देखिएका थिए । मेरो प्रश्नको जवाफमा सिडियोले बाहिर जानुस बोलाएपछि आउनु होला भनेर आक्रोशित मुद्रामा जवाफ फर्काए ।’

‘मैले भने, कर्मचारीले नटेरेपछि तपाई कहाँ आएको हुँ । तपाई पनि त्यस्तो कुरा गर्नुहुन्छ, त्यसपछि सिडियोले महिला प्रहरी लगाएर बाहिर निकाल्न धम्की दिएको र अपशब्द समेत प्रयोग गरेको, दासले भनिन, ‘जानकी मन्दिर हेर्न आएका व्यक्तिलाई पनि नागरिकता दिईन्छ त भनेर सिडियोले जवाफ फर्काएको उनले सुनाईन ।’


यता प्रमुख जिल्ला अधिकारी कणेलसँग यस सम्बन्धमा बुझ्न खोज्दा प्रदेशसभा सदस्य दासले नै उल्टै गलत व्यवहार प्रदर्शन गरेको जिकिर गरे । प्रजिअ कणेलले उनले जे पनि आरोप लगाउन सक्नु हुन्छ तर मलाई यति मात्रै भन्नु छ मैले माननीयजी संग कुनै किसिमको दुरव्यवहार  गरेको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर