• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

सांसद प्रदीप यादव पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन

काठमाडौं । समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । केहि समयअघि लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको हो ।

नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो । यसअघि समाजवादी पार्टीले लाटभिया भ्रमणबारे सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो ।

यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर