• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एक वामपन्थी 'लडाकु विचारक' मार्ता हर्नेकरको अन्त्य 

तस्विर : वेब

काठमाडौं । चिलीकी लेखिका, मनाेवैज्ञानिक तथा पत्रकार मार्ता हर्नेकरको गत जुन १५ का  दिन ८२ वर्षको उमेरमा निधन भयो । सन् १९३७ मा चिलीमा जन्मिएकी मार्तालाई ल्याटिन अमेरिकाको एक प्रमुख लेफ्ट (वामपन्थी)को रुपमा लिइन्छ । 

उनी सन् १९७० देखि १९७३ सम्म चिलीका तत्कालीन राष्ट्रपति  एल साल्भेडाेर एलेन्डाको समाजवादी सरकारमा सक्रिय रहिन् । उनि अगस्टो पिनोचेटको सैन्य कू को हिंसाबाट बच्न पनि सफल बनेकी थिइन् । 

सन् १९६९ मा लेखिको मार्ताको किताब ‘ऐतिहासिक भौतिकवादको आधारभूत अवधारणा’(elementary concepts of historical materialism) वामपन्थी दलहरुको लडाकु दस्ता गठनको एक हिस्सा बनेको छ । यो किताबको हालै मात्र ७० औँ संस्करण प्रकाशित भएको छ । 

मार्ता हर्नेकर एक मनोवैज्ञानिक पनि थिइन् । उनले सन् १९६२ मा चिलीको क्याथोलिक विश्वविद्यालयमा मनोविज्ञानको अध्ययन पुरा गरिन् । उनले पेरिसको फ्रान्सेली दर्शनशास्त्रीहरु पल रिकोयर र लुइस अल्थुसरसँगै स्नातककोत्तर पुरा गरेकी थिइन् । 

सन् १९६८ मा चिली फर्किएपछि मार्ताले चिली विश्वविद्यालयमा ऐतिहासिक भौतिकवाद र समाजशास्त्रमा राजनीतिक अर्थव्यवस्था पढाउनुका साथै राजनीतिक साप्ताहिक पत्रिका ‘चिली होय’को निर्देशकको रुपमा काम गरेकी थिइन् ।  

सन् १९७३ को सैन्य कू पछि उनी क्युवामा निर्वासित जीवन बिताउन पुगिन् । जहाँ उनले कामान्डर मेनुअल पियानेरोसँग विवाह गरिन् । उनीहरुबाट एक छोरी पनि भइन् । उनले क्युवामा ‘मेमेरिया पपुलर ल्याटिनोअमेरिका’ नामक एक शोध केन्द्र स्थापनका गरिन् र लेखन कार्यलाई निरन्तरता दिएकी थिइन् । 

सन् १९९८ मा विधवा भएपछि मार्ता आफ्नो शोध तथा अध्ययन जारी राखिन् र ल्याटिन अमेरिकी राजनीतिज्ञको बयान र अनुभवलाई संग्रह गर्ने प्रयास गरिन् । ती दस्तावेज तथा लेखहरु हाल विश्वका विभिन्न विश्वविद्यालयका लागि अध्ययन समाग्री बनेका छन् । 

मार्ताले कार्ल मार्कसले सुरू गरेको कामलाई जारी राखिन् र पुँजीवाद, साम्राज्यवाद वा संघर्षलाई विश्वमा भएका  नयाँ परिवर्तनहरुलाई ध्यानमा राखेर अगाडि बढाउनु पर्नेमा जोड दिइन् । यस अर्थमा मार्ता एक प्रमाणिक मार्कसवादी भएको इजिप्टका पत्रकार तथा अर्थशास्त्री समिन अमिमले एक अन्तरवार्तामा बताएका छन् ।

 

यी अनुभवहरुमा भेनेजुएला पनि सहभागी छ, जहाँ उनले सन् २००२ देखि २००६ सम्म पूर्वराष्ट्रपति ह्युगो चाबेज र पिपुल्स पावर मन्त्रालयको सल्लाहकारको रुपमा काम गरेकी थिइन् । उनी राजधानी कराकसमा मिरान्डा इन्टरनेशनल सेन्टरको व्यवस्थापन समूहको सदस्य पनि थिइन् । 

दक्षिणी अमेरिकी देशमा रहँदा, मार्ता ल्याटिन अमेरिकामा बढ्तो लोकप्रिय संघर्षहरुको विश्लेषण गर्नेमा सक्षम बनिन् ।

मार्ता हर्नेकरले समाजवाद बिना संघर्ष स्थापित हुने विचार योग्य परियोजना थिएन भनी प्रमाणित गरिन् । उनले समाजवाद हेपिएका वर्ग र मानिसको आन्दोलनको संघर्षबाट उत्पती हुन्छ भन्ने कुरामा जोड दिइन् ।  

मार्ताले कार्ल मार्कसले सुरू गरेको कामलाई जारी राखिन् र पुँजीवाद, साम्राज्यवाद वा संघर्षलाई विश्वमा भएका  नयाँ परिवर्तनहरुलाई ध्यानमा राखेर अगाडि बढाउनु पर्नेमा जोड दिइन् । यस अर्थमा मार्ता एक प्रमाणिक मार्कसवादी भएको इजिप्टका पत्रकार तथा अर्थशास्त्री समिन अमिमले एक अन्तरवार्तामा बताएका छन् ।

‘उनले जीवित माक्र्सवादलाई ल्याटिन अमेरिकी देशहरूमा नयाँ आयाम दिन मद्दत गरिन् । मार्ता हर्नेकरले मार्कसवादलाई सार्वभौमिक आयाम दिनमा मद्दत गरिन् । पत्रकार अमिनले जोड दिएर भनेका थिए, ‘उनी मार्कसवादलाई युरोप केन्द्रीत कारावासबाट बचाउनमा सफल रहिन् र ल्याटिन अमेरिकाका नागरिकको संघर्षलाई अगाडी बढाउनमा मार्ताले सैद्धान्तिक विचारको माध्यमबाट मार्ग प्रर्दशन गरेकी छिन् ।’

पछिल्लो समय मार्ता क्यान्सरबाट पिडित थिइन् । उनले आफ्नो पछिल्ला केही वर्ष क्युबा र क्यानेडामा बिताएकी थिइन्, जहाँ उनकी छाेरी बस्छिन । मार्ता उनका दोश्रो श्रीमान् मिसल लेबोइट्जसँग क्यानेडामा बस्दै आएकी थिइन् । 

मार्ता हर्नेकरले आफ्नो जीवनलाई ल्याटिन अमेरिकी समुदायमा कट्टरपन्थी लोकतन्त्रको निर्माणमा समर्पित गरिन्, जहाँ नागरिकहरु पुस्तौँदेखि गरिबीको भुमरीमा छन् । 

विशेषगरी, क्युबा र भेनेजुएलामा मार्ता हर्नेकरले असन्तुष्ट श्रमिक तथा किसानसँग प्रत्येक्ष काम गरिन् । जमिनमा उनीहरुको नयाँ संरचना र तरिका निर्माण गर्नमा उनले भूमिका खेलिन् । 

पछिल्लो समय मार्ता क्यान्सरबाट पिडित थिइन् । उनले आफ्नो पछिल्ला केही वर्ष क्युबा र क्यानेडामा बिताएकी थिइन्, जहाँ उनकी छाेरी बस्छिन । मार्ता उनका दोश्रो श्रीमान् मिसल लेबोइट्जसँग क्यानेडामा बस्दै आएकी थिइन् । 

मार्ताले आफ्नो जीवनकालमा ८० वटा भन्दा बढी किताब लेखिन् । उनका पछिल्ला किताबहरु ‘ह्युगाे चाभेज फ्रियर्स : उन होम्ब्रो’, ‘उन पुइब्लो’, ‘भेनेजुएला : मिलिटर्स जुन्टो अल पुइब्लो’ र ‘भेनेजुएला ः उना रिभोल्युसन सुइ जेनेरिज’ आदीमा बोलिभिया क्रान्तिप्रति उनको समर्थन झल्किन्छ । उनका धेरैजसो किताब स्पेनिश भाषामा प्रकाशित छन् ।  

मार्ताको सबैभन्दा पछिल्लो किताब एउटा विश्व निर्माण गर्नुछ (A world to built) सन् २०१५ को जनवारीमा अंग्रेजी भाषामा प्रकाशित भएको थियो । 

त्यसअघि 'संघर्षका लागि उपायहरु' (Ideas for Struggle) किताब सन् २०१० मा प्रकाशित भएको थियो, जसलाई समाजवादीका निम्ति पोस्टर श्रृंखला भनिएको थियो । मार्तालाई सन् २०१३ मा ‘लिबरेटर्स’ पुरस्कार प्रदान गरिएको थियो । एजेन्सीहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर