कार्यकताको विवादले विकास निर्माण ठप्प

ललितपुर । ललितपुरको गोदावरी नगरपालीका वडा नं ३ थापाचौर हुदै बडिखेल जाने बाटो निर्माण नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाटो निर्माणको काम रोकिदिएका छन् । 
वडाको बजेटले शुरु गरिएको बाटो निर्माणको काममा उनिहरुले बिभिन्न बाहानामा काम रोक्न खाजिरहेको स्थानियले गुनासो गरे । यो जिर्ण अवस्थामा रहेको बाटो मर्मत संम्भार हुँदा संयौ घरधुरि लाभान्वित हुनेछन् ।

बडिखेल जाने बाटो निर्माण हुँदै गर्दा नेपाली कांग्रेसका रमेश सिल्वाललगाएत २०,२५ जनाको समुह आइ बाटो निर्माण गर्ने टीममाथि नै हातपात गरेको प्रत्यक्षदर्शीले बताए । पिता पुर्खा देखि हिड्दै गरेको सो बाटो आज जनताको चाहाना अनुरुप निर्माण हुँदै गर्दा बन्द गर्ने उद्देश्यले पटक पटक अवरोध गर्न आउनु दुखद कुरा रहेको बाटो निर्माण उपभोक्ता समितीका सदस्य हरिबिर सिल्वाल बताउछन् ।

“बिकासको कार्यमा सबै एक भै अगाडि जान जरुरी रहेको अवस्थामा विकासका बाधक केहि व्यक्तिहरु अवरोध सिर्जना गर्न लागिपरेका छन् ” उनले भने । बाटो निर्माण उपभोक्ता समितीका अर्का सदस्य जगन्नाथ थापा भन्छन्, – “यस प्रकारको गतिविधि रोक्न सबै स्थानिय एक जुट हुनैपर्छ ।”

बाटो खन्ने र तार जाली लगाउने काम भइरहेको अवस्थामा दुवै समुहबिच विवाद हुदाँ हात हालाहालको स्थिती आएको थियो । प्रहरी चौकी बाणेगाउँमा बाटो निर्माण गर्न दिनेबारे दुवै पक्षबिच सम्झौता भएको बाडेगाउ प्रहरी प्रभागका प्रमुख श्याम कट्ट्वालले बताए ।  

विवाद साम्य भएपनि अवरोध सिर्जना हुने त्रासमा कामदारले काम गर्न डराइरहेकोले हाल बाटो निर्माण कार्य ठप्प भएको उपभोक्ता समितिले बताएको छ । छिटोभन्दा छिटो बाटो निर्माण कार्य अघि बढाउनको लागि सहयोग गर्न स्थानिय सरकारमार्फत् समितिले माग गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर