• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

धुम्रपानबाट पाँच सेकेन्डमा एक जनाकाे मृत्यु

एजेन्सी– विश्वभर धुम्रपान गर्नेको सङ्ख्या बढिरहेका बेला वर्षेनी ज्यान गुमाउनेकाे संख्या पनि उल्लेख्य रहेकाे पाइएकाे छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा प्रत्येक वर्ष ७ लाख मान्छेको मृत्यु धुमपानकै कारण हुने गरेको छ। यो तथ्य हेर्ने हो भने प्रत्येक पाँच सेकेन्डमा धुम्रपानकै कारण एकजनाको ज्यान जाने गरेको छ।

वल्र्ड क्यान्सर रिसर्च फन्ड इन्टरनेसनलका अनुसार फोक्सोको क्यान्सर विश्वभर तेस्रो सबैभन्दा बढीलाई लाग्ने क्यान्सर हो। फोक्सोको क्यान्सरको मुख्य कारण धुमपान हो। यो पुरुषमा ९० प्रतिशतभन्दा बढी र महिलामा ८० प्रतिशतभन्दा बढीलाई जोखिम हुन्छ।

एकेडेमी मेडिकल पोर्टल रिपोर्टका अनुसार धुमपानले हाम्रो टाउकोमा समेत असर गर्ने गरेको छ। यसका कारण हाम्रो कपाल झर्ने समस्या हुन्छ।

अमेरिकाको युनिभर्सिटी अफ कन्सस स्कुल अफ मेडिसिन–विचिटाका अनुसार चुरोट प्रयोगले हृदयघातको जोखिम ३४ प्रतशित, कोरोनरी हृदयघात जोखिम २५ प्रतिशत र डिप्रेसनका कारण हुने हृदयघात बढ्न जान्छ।

धुमपान सेवनले यौन क्षमतामा पनि बाधा उत्पन्न हुने गर्छ। इन्टरनेसनल सोसाइटी फर सेक्सुअल मेडिसिनका अनुसार धुमपान सेवनले रक्त प्रवाहमा असर गर्छ। जसका कारण यौन क्षमतामा अवरोध सिर्जना हुन्छ। यसले महिला र पुरूष दुबैमा असर गर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर