• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 04:53 pm

श्रीलंकाकाे मृत्युदण्डकाे बिराेधमा काठमाडाैंमा प्रदर्शन (फाेटाे फिचर)

काठमाडाैं– श्रीलंका सरकारले लागुऔषध कारोबारीलाई मृत्युदण्ड दिने गरी दुई जना व्यक्ति नियुक्ति गरेको विषयमा काठमाडौमा मानवअधिकारकर्मीहरुले बिरोध जनाएका छन् । विश्वभर मृत्युदण्डकाे बिराेध भइरहदाँ नेपालमा पनि मंगलबार मानवअधिकारबादी संघसंस्थाले विराेध जनाएका हुन् ।

एम्नेस्टी इन्टरनेशनल सहितका मानवअधिकारबादी संघसंस्थाले गरेको प्रदर्शनमा मृत्युदण्ड खारेजीको माग गरिएको छ । उनीहरुले न्यायको कार्यान्वयन गर्न तर मृत्युदण्ड नदिन माग गरेका हुन् । श्रीलंकाकाे राजदुताबास अगाडी पुगेर उनीहरूले बिराेध जनाएका हुन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले मृत्युदण्डको आदेशमा हस्ताक्षर गरिसकेका छन्। यो श्रीलंकाले ४३ वर्ष पछि दिन लागेको मृत्युदण्ड हो।

मृत्युदण्डको चौतर्फी बिरोध भइरहेको छ । गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार जनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्नका लागि अधिकारपत्र मा हस्ताक्षर गरेको थियो । केहीअघि श्रीलङ्काले सार्वजनिक विज्ञापन आह्वान गरी मृत्युदण्ड दिने अर्थात सफाया गर्ने व्यक्तिको समेत छनौट गरिसकेको छ । 

अपराधलाई घृणा अपराधीलाई होइन मृत्युदण्डले मान्छे मार्छ अपराधी होइन् श्रीलंका मृत्युदण्डको प्रावधान खारेज गरु लगायतका नारासहितका प्ले(कार्ड बोकेका थिए।

मृत्युदण्डको चौतर्फी विरोध भइरहेको छ। विश्वभरबाट मृत्युदण्डको चौतर्फी विरोध भइरहँदा मंगलवार काठमाडौंमा पनि प्रदर्शन भएको छ। काठमाडौंस्थित नेपालका लागि श्रीलंकाली दूतावास अगाडि मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले प्रदर्शन गरेका हुन्।


शुक्रवार मात्र श्रीलंकन सरकारले १०० जना आवदेकबाट दुई जना जल्लादुहरु छनोट गरेको थियो। सरकारले जल्लादको भर्तीका लागि सार्वजनिक विज्ञापन नै गरेको थियो। उनीहरुको तलब ३६ हजार ४१० श्रीलंकन रुपैयाँ तोकिएको छ।

गत जनवरीमा फिलिपिन्सको भ्रमण गरेर फर्किएका उनले त्यहाँ राष्ट्रपति रोड्रिगो दुतेर्टेले चलाएको लागू औषध नियन्त्रण अभियानको प्रसंसा गरेका थिए। दुतेर्टेले सन् २०१६ मा राष्ट्रपतिको कार्यभार सम्हालेसँगै हजारौँ लागू औषध कारोवारीको हत्या गरेका थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै