प्रधानमन्त्री रोजगार कार्यक्रम कास्कीकोटमा सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम मंगलवारदेखि सुरु भएको छ । श्रमका लागी काम भन्ने नारा सहित सुरु भएको सरकारको महोत्वकान्छी कार्यक्रम सुरु गर्ने महानगरपालिकाको तेस्रो वडा वनेको छ । 

पोखरा महानगरको ५ लाख आर्थीक सहयोगमा कार्यक्रम सुरु भएको र वर्षमा १ सय दिनपनि रोजगार नपाउने वेरोजगारहरुको सरकारले चैत्र र वैशाखमा सुची संकलन गरेको थियो । कास्कीकोटमा करीव ८२ जनाले रोजगार प्राप्त गरेका छन् । कास्कीकोटको देउराली देखि सराङकोट सम्म करीव आठ किलो मीटर वाटोको नाला वनाउने र मर्मत गरीने छ । महानगरका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक माधव नेपाले वेरोजगारको सख्या वढ्दो छ शैक्षिक वेरोजगार,वैदेशिक वेरोजगार रहेको वताउदै स्थानीय दर रेटमा श्रमीकहरुले ज्याला प्राप्त गर्ने वताए ।

यस अघि पोखराको १३ र २७ नम्वर वडाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमले भ्युटार र सिडी नीमार्णको काम गरीरहेका छन् । कार्यक्रमका प्रमुख अतिथी महानगरपालीकाका कार्यकारी प्रमुख शेषनारायण पौडेलले आफ्नो उत्पादन गर्न सक्ने मान्छे राष्ट्रवादी हुने वताउदै हामीहरुले आफ्नो सुनको थालमा भिख मागीरहेको भन्दै श्रममा जोड दिन आग्रर्ह गरे । 

चालु आर्थीक वर्ष सकिन करीव दुई हप्ता बाँकी छ तर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भइरहँदा रोजगारमा सहभागीले भने कुनै तालीम र प्रशिक्षणबिनै कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा वडा अध्यक्ष ओम प्रसाद सुवेदी ,सन्तु सुवेदी ,अग्नीधर त्रिपाठी,रुद प्रसाद वस्ताकोटी लगाएतले वोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर