पोखराको विजयपुरमा असार भित्रै बेलिब्रिज

पोखरा । पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ ।

सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राख्न काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज निर्माणको काम भइरहेको छ ।

बर्खालाई ख्याल गर्दै ठेकेदार कम्पनीले तदारुकताका साथ काम गरिरहेको सडक डिभिजन कार्यालयका सहायक इन्जिनियर श्रीकृष्ण वरालले जानकारी दिनुभयो । हालसम्म पुलको ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै यहि रफ्तारमा काम गर्न सकिए अवको १५ दिनमा पुल निर्माण भइसक्ने उहाँको भनाइ छ । बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो । २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज निर्माण हुदैछ । पुलको भारबहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा÷जेजे ९जेभी०ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको छ । 

अहिले विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ । सवारीको अत्यधिक चापका कारण बढेको जामले ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर