• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लिंग काटिएका युवाको वेदना

कञ्चनपुर ।  पश्चिम नेपालका स्थानीयको पहिल्यैदेखिको रोजगारीको गन्तव्य छिमेकी मुलुक भारत हो । छोटो तथा लामो समयका लागि अझैपनि यहाँका स्थानीय रोजगारीका लागि नै भारत जाने गरेका छन् ।

दशक यता यहाँका स्थानीयका लागि तेस्रो मुलुक रोजगारीको गन्तव्य बनेपनि पश्चिम नेपाल क्षेत्रका अधिकाँस स्थानीयलाई आफ्नो देशको राजधानी भन्दा भारतको राजधानी नजिक पर्ने र त्यहाँका शहरमा रोजगारी पाईने भएकाले भारत जाने गरेका छन् ।

रोजगारीकै सिलसिलामा चार बर्ष अघि भारत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक युवकको भविष्य बर्बाद भएको छ । तेस्रोलिङ्गका रुपमा कमाउने गिरोहले २३ बर्षिय सुरेन्द्र सिह मालको भविष्य बर्बाद पारिदिएका हुन् ।

स्थानीय राष्ट्रिय उच्च माविबाट ०७२ सालमा कक्षा १२ को परीक्षा दिएर खाली समयमा पढाई खर्चको जोहो गर्न भारत पसेका मालको भविष्य बर्बाद बनाएका हुन् । तेस्रोलिङ्ग समुहको गिरोहले सुरेन्द्रको लिङ्ग काटिदिएपछि उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरे । उनको लिङ्ग काटिदिएपछि महिला बनाए, काम पनि महिलाकै जस्तो गराए ।  दिल्ली भन्दा झण्डै ५० किलोमिटर ढाटाको मेरिट भन्ने शहरका नईम खानले उनलाई यस्तो काममा प्रयोग गरेको थिए ।

आफ्नो अवस्था फेरिएपछि उनी लाजले घर आएका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि बाध्य भएर ०७६ बैशाखको विशु पर्वका लागि चैत अन्तिमसाता नेपाल आए । काटिकुटी महिलाको जस्तै सिङ्गै पहिरनमा उनी नेपाल आउँदा कसैले पनि सुरेन्द्र भएको पत्याएनन् ।

बरु सुरेन्द्रले कुनै युवतीसंग बिहे गरेर ल्याएको बुझे । उनको निधारको घाउ र स्वरबाट उनलाई घर परिवारले चिने ।  भारत गएको चार बर्षपछि कारमा घर फर्किदा सुरेश पुरै युवतीको भेसमा घर फर्किदा सबै छक्क परे । ‘भारत जाँदा केटै थिईन, ‘घर फर्किदा केटी भएर कसरी फर्किस, भन्दै सबैले उनलाई प्रश्न गर्न थाले । उनको अवस्था देखेर घरपरिवार लगायत छरछिमेकी समेत चिन्तित भए, कतिपय केटाहरुलाई उनलाई केटी भनेर जिक्याउन थालेपछि फेरी उनी भारत गए ।

रोचक त प्रसङ्ग के छ, भने जसले उनको लिङ्ग काटेर तेस्रोलिङ्गी बनादिए उसकै छोराले सुरेन्द्रलाइ मन पराउन थाले । रिजमान खानका छोरा सुहिल खानले उनलाई केटी नै सम्झेर प्रेम गर्न थाले ।  सुरेशसंगै पढ्ने र खेल्ने साथीभाई पनि अचम्मित भएका छन् । उनका विगतका केटा साथी भवराज जोशीले साथीको यस्तो अवस्था देखेर दुख लागेको बताए । ‘यो र हामी संगै खेल्थे, खाने, घुम्ने गथे, ‘उनले भने, ‘आजभोली यो संग हिडेपनि नचिनेका मान्छेले हेर्ने दृष्ट्रिकोण नै फरक हुन्छ ।’

यसाे भन्छन् सुरेन्द्र : 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर