• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हातमा भ्रुण लिएर चौकी पुगिन् महिला, प्रहरी पर्यो अचम्ममा !

तस्विर : एएनआई

एजेन्सी । भारतको उत्तर प्रदशको एटा नगरपालिकामा एक अनौठो घटना भयो । मंगलबार अबेर राति एक महिला  हातमा एक मृत भ्रुण लिएर प्रहरी चौकी पुगिन् । 

तबस्सुम नाम बताएकी सो माहिलाले आफ्नो उजुरीमा ६ व्यक्तिले उनलाई कुटपिट गरेको र उसको पेटमा लाती प्रहार गरेर आफ्नो पाँच महिनाको गर्भ झारिदिएको आरोप लगाएकी छिन् । 

किदवई नगरमा आयोजित एक विवाह समारोहका दौरान एक आफन्तले उनको पेटमा लात मारेको जसका कारण उनको गर्भपतन भएको आरोप लगाएकी छिन् । 

सो महिलाको उजुरीको आधारमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सो व्यक्तिहरुमाथि आइपीसीकोि विभिन्न धाराहरुमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । यी सबै आरोपीहर बदान्युका स्थानीय वासी रहेको र विवाहमा सहभागी हुन एटा आएको खुल्नमा आएको प्रहरीले जनाएको छ । 

खबरअनुसार, गत २७ जुनका दिन तबस्सुम एक आफन्तको विवाह समारोहमा सहभागी हुन पुगकी थिइन् थिइन् । विवाहमा कुनै कुरालाई लिएर भागदौड मच्चिएको उनले बताएकी छिन् । 

राति तबस्सुमका पति इमरान, आदिल र अब्दुलबीच डिजे बजाउनेलाई लिएर झगडा भएको थियो । त्यही रात उनीहरुलाई प्रहरी चौकी लगियो, तर भोलिपल्टै छाडियो । 

तर, त्यसको पाँच दिनपछि तबस्सुमको पाँच महिने गर्भ तुहियो, जसको कारण थियो झगडाका दौरान केही व्यक्तिको कुटपिट । 

प्रहरीका अनुसार, तबस्सुमको परिवारका सदस्यले आगराको एक नीजि अस्पतालको एक मेडिकल रिपोर्ट पनि साथमा लिएर आएका थिए । प्रहरी भ्रूणको पोस्टमार्टम गरेको र जाँच चलिरहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर