• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पत्याउनु हुन्छ ? सय वर्षका दुलाहा १०२ वर्षकी दुलही

सिएनएन । प्रेमको कुनै सीमा हुंदैन भन्ने कुराको पछिल्लो प्रमाण बनेका छन् अमेरिकाको ओहायोका एक जोडी । जसले आफ्नो उमेरको उत्तरार्धमा विवाह गरेर विश्वलाई चकित बनाएका छन् । 

ओहियोस्थित सय वर्षका जोन र  १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कालाई डेट गरिरहेका थिए ।

दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो । उनीहरु एक–अर्कालाई डेट गर्न थाले र गत बुधबार उनीहरुले विवाह गरेकाे सिएनएनले लेखेकाे छ ।

जोनले आफ्नो विवाहबारे भनेका छन्, ‘यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् ।  करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् ।

त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् ।

‘तपाईंलाई नढाँटी भन्ने हो भने हामी एक–अर्काको प्रेममा पर्यौं । यो उमेरमा यस्तो भन्दा तपाईंलाई पनि अचम्म लाग्यो होला तर हामी साँच्चै नै प्रेममा थियौं,’ फिलिसले भनिन् ।

‘हामीबीच धेरै कुरा मिल्छ, हामी एक–अर्काको साथमा रमाउँछौं,’ जोनले भने ।

यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले  नै सम्बन्धलाई दिगो बनाउँछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर