• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

खरको छाना हटेपछि माझी बस्तिमा छायो खुसियाली

पाल्पा । ‘टिनको पाताले छाएको घरमा बस्न पाउँदा सारै खुसी भएका छौं ।’ तानसेन नगरपालिका १३ छेलुङ्गकी लीला माझिले ५८ वर्षको उमेरमा पहिलोपटक पाएको खुसी यसरी व्यक्त गरिन् । नगरपालिकाले नगरभित्रका अति विपन्न समुदाय अन्तर्गत रेको यस बस्तीमा जस्त पाता वितरण गरेपछि उनीमात्र नभई छेलुङ्गका २० घरपरिवारमा खुसी छाएको छ । 

नगर सरकार मार्फत खरका छाना हटाउन जस्ता पाता पाएपछि उनले लामो समयदेखि खेप्दै आएको समस्या समाधान भएको महसुस गरेकी छिन् । उनिमात्र होइन छेलुङ्गका २० घरपरिवार अब वर्षाका समयमा ढुक्कसंग निदाउन पाउने भएका छन । 

गाउँमा युवाहरु नहुनु, खरको मुल्य वृद्धि हुनुका साथै वर्षेनि खर किनेर घर छाउन समेत समस्या हुने गरेकोमा नगरपालिकाले सहयोग गर्दा खुसी लागेको स्थानीय मन कुमारी माझीले बताईन ।

उनले पानी चुइएर रातभरी निदाउन नसक्ने दुःख सम्झिदै नगरपालिकालाई धन्यवाद दिईन । खरका छाना हुँदा हावाहुरी, आगलागीको डरले निदाउन असुरक्षित जिवन जिउदै आएको स्थानिय युवा बल बहादुर विकले बताए । दिनभर काम गरेर साझ घर फर्कदा घर भत्किने डर र रातभर पानी चुइने समस्या समाधान हुदा खुली लागेको बताए । वर्षाको समयमा चुइने डरसंगै हिउँमा बच्चाबच्चीको सानो लापरबाहीले गर्दा पनि ठूलो क्षती हुने गरेको थियो, अब सुरक्षित भएको बिकले बताए । 

वर्षायामा नगरभित्रका विपन्न परिवारहरुले खरका छानाबाट पानी चुइने समस्याबाट हटाएर जस्ताले छाउनका लागी सहयोग पुर्याउनका लागी जस्ता वितरण गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार साहीले बताए । उनले नगरपालिकाले आफ्नो दायित्व बुझेर विपन्न समुदायबाट यो कार्यको थालनी गरेको बताए । 

जस्ता पाता पाएसंगै खर डाडाभाटाको समस्या, दैनिक ज्याला ६ सय भन्दा बढी र कामदारको अभावमा वर्षायाममा पानी छिरेर बस्न पर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ ।

आर्थिक अभावमा घरमा खरका छानामुनि जोखिमको जिवन वताउन बाध्य यहाँका माझी र दलित समुदायमा जस्तापाताले खुसीयाली छाएको छ । स्थानीय सरकारले विपन्न समुदायको जिवनस्तर उकास्नका लागी  आयमुलक  तालिमहरु समेत संचालन गरेको छ । जसले गर्दा स्थानीयमा क्षमता विकास हुनुका साथै आर्थिक उन्नतीसमेत भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर