• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

तीन वर्षदेखि हराइरहेको पतिलाई भेटायो ‘टिकटक’ले

तस्विर : वेब

एजेन्सी । हामी मिडिया एप ‘टिकटक’को प्रयोग रमाइलोका लागि गर्छौँ । तर, हालै भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ ।

प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो । प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ ।

प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए । जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ ।

उक्त जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग मिलेको प्रहरीले जनाएको छ ।

पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् तर त्यसबेला उनलाई पत्ता लगाउन सकेको थिएन ।

प्रयोगकर्ताले भिडिओहरू तयार गरेर अपलोड गर्न मिल्ने टिकटक एप भारतमा निकै प्रचलित छ । भारतमा त्यसका १२ करोड प्रयोगकर्ता छन् । 

तर नराम्रा विषयहरूको प्रचारमा सहयोगी हुने भन्दै त्यसको कतिपयले आलोचना पनि गर्छन् ।

अश्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्तालाई लिएर तमिलनाडुस्थित एउटा अदालतले एप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो । तर एक हप्तापछि उक्त प्रतिबन्ध हटाइएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर