• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कविता : प्यारोडी 

मेरो देशमा अर्को यौटा युध्द पठाइदेऊ !
विप्लव भए नि हुन्छ
किरण भए नि हुन्छ
आहुती भए नि हुन्छ
साइँला भए नि हुन्छ 
मन शुध्द पठाइदेऊ 
मेरो देशमा अर्को एउटा युध्द पठाइदेऊ !

नढलेका पर्खालहरू ढाल्न सक्ने !
शोषक शासक सवैलाई फाल्न सक्ने !
समानताको नयाँ ज्योति वाल्न सक्ने !
समाजवादको नयाँ यात्रा थाल्न सक्ने !
पहाडी भए नि हुन्छ
मधेशी भए नि हुन्छ
चुच्चे भए नि हुन्छ 
नेप्टे भए नि हुन्छ 
मन शुध्द पठाइदेऊ 
मेरो देशमा अर्को एउटा युध्द पठाइदेऊ !

विभेदका सीमाहरू तोड्न सक्ने !
संसारभरका श्रमिकलाई जोड्न सक्ने !
समाजका झारपात सवै गोड्न सक्ने !
मजदूरसँग एउटै सिरक ओढ्न सक्ने !
युवा भए नि हुन्छ 
पाको भए नि हुन्छ
महिला भए नि हुन्छ
पुरुष भए नि हुन्छ 
मन शुध्द पठाइदेऊ
अव भने वन्दूक वोक्ने वुध्द पठाइदेऊ !
मेरो देशमा झट्टै एउटा युध्द पठाइदेऊ !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर