• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

क.साँनेसंग फेरी सम्पर्क भयो 

(हिजो गजबै भयो  । आश्चर्य भयो । साने मरेको रहेनछ, विस्मृति गर्भमा पनि रहेनछ । जीवनदेखी थाकेर, हारेर हराएको पनि पो रहेनछ । उ भासिएको पनि रहेनछ । इन्टरनेटको जमाना, सीमा रहित, बन्धन रहित संसार ।

सामाजिक सञ्जाल त सवैको औकात, भूमिका, अवस्थाको जनपत्री चाँहानेले सहजै खोतल्न सक्ने । विस्मृतिमा रहेका मान्छे खोज्न सक्ने । टाढिएका मित्रजनसंग जोडिन पनि सक्ने  । कमरेड साँनेसंग हिजो फेसबुकमा जोडिँई । हो, उसैवारे सात वर्ष पहिला सम्झनाका  केही हरफ लेखेको थिँए । संयोगले फेरी त्यसै थलो नेपालगंजमा छु । त्यही घर, त्यही कोठो । समय फेरिएको मात्र छ । परिवेश अलग छ । साँनेका बाउआमा वितेछन् । बुकुरो ढलेछ । दौँतरीले पनि विर्सेछन् ।

उस्का कमरेड राजकिय नौला मान्छेबन्दा ऊ भने फेरी ‘मुर्ख’ माओवादीबन्दै आर्दशखेतीमा हाम फालेछ । विचारको नसा, आर्दशका सपनाले कस्तो लठ्याउने हो ....मान्छेलाई ! त्यस्ता मान्छे खाना र मैथुनकालागी, पिउसाकालागी मात्र जिन्दगीका पाना पल्टाउदैनन् । सोचेजस्तै ऊ राजनीतिक सीमा छिचोल्दै फेरी जनयुद्दमा सामेल पो भएछ ।

शान्ति र युद्दभित्रका धेरै कुरा थाहा पाएपछि देशमा चलेको शान्तिप्रकृया, आफैँलाई मुर्दावाद भन्ने कमिसार र कमाण्डरलाई देखे, भोगेपछि ऊ नयाँमोर्चाको नयाँभूमि, नौलो अभ्यासमा रम्न पुगेछ  । ओहो.. साच्चै नै मिखायल लेर्मेन्तोभले ठिकै भनेका रहेछन् – विद्रोही खोज्दछ आँधी, मानाँै त्यहा शान्त छ’ । ओ हो....चेला त गुरु पो बन्यो । अहिले आन्दोलनको सुख सवभन्दा ठूलो सुख हो पो भन्छ । मेरा फेसबुक र टवीटर पछयाएपछि सम्र्पक गरेकोरे । संकेतले धेरै कुरा र अवस्था बुझेँ । विप्लवीको ठेगाना कहाँ हुन्छ र ! २० वर्षपछि डिजिटल संवादले नै भए पनि प्रफुल्लित छु । 

साँनेको अहिलेको यर्थात कतिलाई तिलस्मी कथा लाग्न सक्छ । उस्लाई नियाल्दा– लालयोद्दाहरु राजनीतिक सीमा, विचार र भूमिकाले नियन्त्रण र निर्देशनमा कैद हुँदैनन् । हुँने, गर्ने, बोल्ने र देखिने एउटै भूमिकामा रहँनु वा आत्मासात गर्नु चानचुने कुरै हैन् । खुव पढेछ, लडेछ, घाइते पनि भएछ । तग्रिँएछ ।  हो, उस्ले आप्mनै आँखाले लालभूमिमा जाँन मिर्डल, अरुंधती रोय र अनिल चमडियाहरुलाई देखेको रहेछ ।  walking with com पढ्न सिफारिस गर्यो । गम्भीर खाले क्रान्तिकारी साहित्यका लिंक पनि पठायो । यो समय चानचुने समय हुँदैहैन् । उसंगका सवाद, नौला जिन्दगी, लडेका मोर्चा, फेरिएका भूमिका र कमरेडहरु, अनुभूतिका दृश्यहरु जे मसंग बाड्यो ती उस्कालागी यर्थात भए पनि मेरालागी तिलस्मी कथा बने । मुण्डारी र खडिया लवजमा भएका भिडियो संवादमा चिन्नै नसकेको कम साँनेका मधुरवाणी– बड्डा त बुढाईछन पो ।’ क्या मिठास है .. क्रमशः राख्नेछु नै ।

मार्मिक कुरा भन्यो –जव क्रान्तिकारीहरुले उपभोक्तावाद सामू लम्पसार परेर आत्मासमरप्रण गर्छन् तव उनीहरुका विचार र सौन्र्दयतामा पनि फरक आँउछ । शब्द त्यही रहेपनि जीवनका अर्थ फेरिन्छन् । वर्ग  रुपान्तरण भनेको आफैँप्रतिको अपराध स्वीकार हो ।’ भनाईमा.. क्या गजव दर्शनिक पक्ष थिए । धेरै साथी, कमरेडहरुलाई सोध्यो । उस्ले सोधेका अधिंकास मनुवाहरु कतिपय मरिसकेका थिए, कतिपय धिकिरधिकिर जीवन लतार्दै, घिसार्दै थिए, कतिपय हुर्रेहुर्रेका विन्दास नाटकिय जिन्दगीमा पाल्सी कुरा गर्ने चतुरे बनिसकेका थिए ।

बेलीविस्तारी लगाँए । खुसी बेचेर सुख किन्ने समाजमा विप्लवी चेतको अनुमाननै लगाँउन सकिँदैन् ।  विप्लवीहरुसंग एकोहोरो संबन्ध मात्रै हुन्छ । उनीहरुले चाहे हुँने, आपूmले चाहेर नहुँने । निरन्तर सम्पर्कमा रहँने वाचा गरीँ । साँनेले मेरो ७ वर्ष पहिलाको लेख भर्खरै पढेको रहेछ ।) 

साँने, सपना र भोक   
अहिलेपनि साँनेले मलाई दिउँसो झझल्को दिन्छ, राती सपनामा आउँछ  । मैले भोगी रहेको बजारिया जिन्दगीको खबरदारी गरिराखेको छ । म भूमिगत हुँनु पहिल्यै ऊ अल्पिसकेको थियो । अहिले  यायावर, फिरन्ते र स्वप्नद्रष्टा  बनेर नयाँ भूमिकामा छ कि !  अथवा सहिद भई सक्यो ! अथवा विस्मृतिको कतै गर्भैमा छ ! भन्न सक्तिनँ । उस्को पहिलाको चालढाललाई देखेर गाउँलेहरु साँने बौलायो भन्दै त्यस्को सबै दोस मलाई नै दिन्छन् ।

बौलाउने ओखती त्यैँले नै ख्वाएको हो भनेर बात लगाउँनेको कमी छैन् । गरिब, साहारा हराएका असक्त उस्का बाउ–आमाले त अझ  मलाई नै दोषी ठम्याएकाछन् ।  ओ... हो  कति स्वार्थी .... शहरले मलाई अहिले गाँजिसकेछ ! त्यो असक्त जोडीलाई शहर पसेपछि मैले अझै पो भेटेको  छैन् । मित्र विमित्र भएपछि,क्रान्ति भ्रान्त िभएपछि, बिद्रोहीआत्माले आफैँलाई इस् भनेपछिको यस्तो नोहमत हुँनु आस्र्चय पनि भएन् । हो मकत्ै आफनै मलामी गैरहेको त छैन् । उफ् ..

मैले भनेकै जस्तै हुलियाको एउटा जनयोद्धा रुकुम, रोल्पा र जाजरकोटतिर छ अरे भनेर कहिले सुनिन्थ्यो, कहिले सोलु–सल्लेरीतिर । त्यो महाउथुल–पुथलकालको कुरा हो । त्यो माहायात्रामा मलाई कम्ब्याक्ट लगाईदिने कमरेड जीतले भन्नुभएको कुरा हो । उनी भन्थे – ‘आन्दोलनमै छ होला, सपनालाई चित्रमय बनाएर धरतीमै सजाउदै होला’ । अब त कम.जीत पनि रहेनन्, खबर आउने परिस्थिति पनि  रहेन् । खुला भएर पनि कति कुरा बिलाए । साँने पनि बिलायो ।

उस्लाई धुईँपत्तल गरेर खोज्दा  न त सास छ न त लासै छ । मरेको र मारिएको भन्ने शाक्षी प्रमाण पनि केही छैन् । त्यतिको टाठो ठिटो कहीँकतै गुपचुप अवस्य छैन् होला । अनेकौ कुरा मनमा खेल्छन्, आफैँलाई पत्यारिदो जवाफ मिल्दैन् । अहिले ती दिन सम्झन्छु । गाउँबाट शहर छिरेको छिमेकी कम्नीस जिम्दारको घरेलु नोकर थियो, साँने । पढ्नमा तिख्खर । काम गर्दै शहरमा पढने भनेर आएको ठिटोले पहिलो पटक  ०५४ तिर भेटेको हो । उस्को स्वभाब, जिज्ञाशा र ज्ञानतिर्खाले कायल पारेको थियो । ट्यूसन पढने बोहानामा आउँथ्यो । केही समयपछि एकाएक गंभीर भएर एक दिन सोध्यो – what is revolution sir <

जबाफ दिएँ – ‘सबै किसिमको शोषणको अन्त गर्न आपूmलाई बदल्ने, समाजलाई बदल्ने र ससाँर्रै फेर्ने काम । त्यही काम गर्ने मान्छेलाई संसारमै क्रान्तिकारी भन्छन्’ त्यसवेलासम्म माओवादी जनयुद्धको चारैतर्फ चर्चा चलिरहेको थियो । म ज्वालामुखी प्रदेशको फेदी क्रान्तिद्धार नेपालगंजमा खुला रहेर भूमिगत काम गर्थे । छापामारहरुका काम किब्बदन्ती बनेर ‘वर्चश्वशाली’ समाजको आतंकबन्दै गाँउवाट चोक, चोकबाट शहर र साना शहरवाट राजधानी हुँदै देशदेशान्तर फैलिसकेका थिए ।

गाँउ–गाँउवाट प्रहरी चौकीको उठाउन थालिसकिएको थियो । जिम्दार, जिम्वालहरु, पंंचप्रधानहरु नालावाला लिदै शहर पसिरहेका थिए । सिदासादा र भरपर्दा कमैयाका भरमा खेतीपाती जिम्मा लगाएर शहर पुग्नेहरुले गाँउका अनेकौ कथाहरु लिएर आँउदथे । साँने काम गर्ने घरमा पनि त्यसको अनेकौ चर्चा चल्दो रहेछ । अझ गरिबको पिउसोलाई घराँ राखेर पढाएको र पुल्पुल्याएको भन्दै भौराँटापुको जिम्दारले त  सुन्ने गरेरै प्वाक्क मुख खोलेछ ––गोमन साँपको बच्चालाई दुध पियाएको छस््, कुन दिन डस्छ !’

उस्का वेचैनी बढदै गए   । के सोच्यो कोनी ! उस्को चेहेरा एकाएक धपक्क बल्यो । चिम्सा आखाँ चम्किए । जिउ तनक्क तन्कायो । गम्भीर बन्यो ।  कोर्षवाहेकका धेरै किताब लुकीलुकी पढिसकेको थियो ।  महत्वपूर्ण विषयमा तर्कपूर्ण छलफल गर्ने भईसकेको थियो । ट्यूसन पढन भनेर आएपनि  स्कूलेकिताब भन्दा बाहिरैको कुरा नै चाख राख्थ्यो ।

जिज्ञासा त्यस्तै हुन्थे । दर्शन र राजनीतिक शव्द र अर्थ पनि  बुभ्mदै गएको थियो । हाम्रो हेल–मेल, उस्को चाख,रुची र पारिवारिक अवस्थाले हिचकिचाउनु पर्ने कुनै कारण थिएन् । खुला रहेर भूमिगत काम गर्नु त दुवैतर्फ धार भएको तरवारमै हिँडनु झै हुन्थ्यो । कयाँै भूमिगत साथीहरु  घरमा आएको, बात मारेको उसले नदेखेको हैन् । गोपनियता बचाएकै थियो । तब खुलस्त भन्न एउटा लक्काजवान बन्दै गएको जिज्ञासु ठिटोलाई दोमन हुँने कुरै भएन् ।                                                                                                                            
–अनि माओवादी नी !’ 

–‘हाम्रो समाजको प्रभूत्वशाली वर्ग बिरुद्धको अभियान दर्शन र आन्दोलन्’
 के, के गम्न पो थाल्यो । टोलाउदँै  छाना तिर नियाल्न थाल्यो । र, एक्कासी उत्तेजितहुँदै सोध्यो –उनीहरुकहाँ बस्छन् तपाईलाई थाहा छ ?’ 

–गाँउमा होलान्, पहाडमा वा जंगलमा होलान् जहाँ उनीहरुका वैरी पुग्न सक्दैनन्’ –शहरमा चल्ने भाषा र मिडिया बोलीमै लोली मिलाँउदै भनिदिँए । 

धेरै दिनसम्म कहीँकतै देखा परेन् । केटो बिरामी परेर घर गएकोले सबैकाम छोराछोरीले गर्नपरेको भनेर जिम्दार्नी बुढीमाउले गनगन गरेको सुनिन्थ्यो । दुईहप्ता पछाडि टुप्प्लुक्क देखा प¥यो । त्यसैदिन मेरो परममित्र ढाकाराम पाठक अनलको बर्दिया धोबनीमा हत्या भएको थियो ।

बोली र ब्यबहार एउटै राख्ने अनल समाजमा उम्दा माओवादी उदाहरण र आर्दश  थिए । खुला रहेर भूमिगत हुनुपर्दा म भने त्यत्रो दुखान्त घटनामा न त खुलेर हृदय मिच्दै रुन सक्थेँ न त अन्तिम दर्शन गर्न जाँनै सक्थेँ ।  साँनेले नै हो  बर्दियाको खबर ल्यायो । उदास देखियो ।

त्यसभन्दा पहिल्यै अनेकौ बिषयमा कुरा भएका थिए । ऊ त्यति उत्तेजित कहिल्यै भएको थिएन् । त्यतिबेलासम्म माओवादी शब्द सनातनी मानिसलाई तिलस्मी र सहरियाहरुलाई रहस्य, अपराधीहरुलाई आतङक र निसहायलाई सहारा बनिसकेको थियो ।

जहाँ अन्याय विरुद्ध आन्दोलन हुन्थे,  सत्ता त्यहाँ माओवादी घुसपेैठ सोचिहाल्थ्यो । संसदिय दलहरु कनसुत्ले बन्थे भने भगौडा माओवादी सत्ताको कान र आँखा बन्थे । कयौँ मिडिया र विकासे आवरणमा सक्रिय थिए पनि । फूर्सद भयो कि ऊ जिज्ञाशा सान्त गर्न  अनेकौ प्रश्न लिएर कुनै पनि बहानामा पुग्दथ्यो । उदासिन हुदाँपनि उस्लाई पर्गेल्न भने सक्तीनथेँ । उस्का भाषा माझिएका र जिज्ञाशा गंभिर हुँदै गएका थिए ।

 –मान्छेलाई शक्ति दिने, सपना देखाउने र त्यसैमा डोर्याउने  केले हो ? 
–विज्ञानको आखीँझयालबाट जीवन र जगतलाई नियाल्ने हो भने सबै कुरा देख्न भोग्न र अनुभूत गर्न सकिन्छ । त्यो भनेको भोक हो ।
–भोक ! कसरी ?’ 

–हरेक जिज्ञाशा भनेको ज्ञान भोक हो । हरेक विषयमा कार्य, कारण र परिणाम जोडिएका हुन्छन् ।  प्रश्नका जवाफ धर्मशास्त्रमा खोज्न थाल्छौ भने त्यहाँ पाँउन सक्दैनौ । धार्मिक बन्न तर्क र उत्तर हैन् विश्वासी बन्नु पर्छ तर हरेक प्रश्न र जिज्ञाशाको जवाफ भने विज्ञानमा हुन्छन् । खोज्ने हिम्मत, धर्य भने हुँनु पर्छ । जबसम्म किन र कसरी भन्ने प्रश्नको सन्तुष्टीलाग्ने जवाफ पाँउदैनौ तबसम्म त्यसको खोजीमा लागी रहन्छौ । त्यसले मान्छेलाई उदेश्यले हौँस्याउछ र मान्छे बन्नको महत्व र कर्तव्यवोध गराँउछ । हेर पश्चिमाजगतमा एउटा लोकपृय कथा छ । तिम्रा प्रश्नका जबाफ त्यस भित्र खोजिँदा अझ बुभ्रmन सजिलो पर्छ कि ! ’ 

–सुनाउनुस न त’ 
–अहिलेको इजरायल छ नि , त्यसका मूल बासिन्दालाई यहुदी भनिन्छ । जेरुसेलम भनेको यहुदी, क्रिस्चियन र मुसलमान तिनै धर्मको केन्द्र हो ।  धरैवर्षदेखी त्यहाँ धर्मयुद्ध भएको चलिरहेको छ । जातिय रुपमा त्यही यहुदी कुलमा जन्मेका ५ जना विदषुकहरुको यो कथा हो । ति बिद्धानहरु सिद्दान्तलाई जाँचेरमात्र प्रयोग गर्थे । सोही अनुसार जीवन कर्म गर्ने उनीहरुमध्येका ईब्राहिमलाई यहुदीहरुले, यसुलाई ख्रिस्तानहरुले र ति दुबैलाई इस्लामले पैगम्बर मान्छ ।

अरु रहे –कार्ल माक्र्स, सिग्मन फ्रायड र सेमुअल पि हेमिङगटन । हरेक ठाँउमा महान विभूतिहरुलाई समय गुज्रेपछि उनीहरुका अनुयायीहरुले देवतै बनाई दिन्छन् । जस्तो संघंम सरणंम् गच्छयामी भन्ने बुद्धलाई उनका अनुयायीहरुले भगवानै बनाईदिएर  मुर्तीपुजाका विरोधी उनकै ससांरमै ज्यादा मुर्ती बनार्ए्दिए ’

–के कस्तो थियो नी ! त ति पाँचको भनाई ?’

–अब्राहमले मानिसको आन्तरिक चालक शक्ति र उर्जा भनेको मस्तिकको खेल हो अर्थात बुद्धि नै मुख्य विषय भन्थे भने दोस्रो थिए –यशु ख्रिष्ट । उनले  दया अर्थात हृदयलाई चालक शक्ति माने । तेस्रोेमा पर्दथे– कार्ल माक्र्स । उनी भन्थे –भोक अथवा पेट । चौथोमा पर्दथे– सिगमण्ड फ्रायड् । उनी भन्थे –यौन । पाचाँैमा थिए –सेम्युअल पि हेमिङगटन । उनी सभ्यता बीचको टकराहट्लाई मान्दथे’ 

–तपाईलाई चाहीँ के लाग्दछ ?’

–मलाई लाग्नु र नलाग्नुसगं केही अर्थ हुदैँन । पूविर्य दर्शनमा पनि यस्ता भनाई सुत्रबद्ध नगरिएका हैनन् । हामी पश्चिमा पढन र ब्यबहारमा उर्तान अभ्यस्त भएर मात्रै हो । मेरो गोरे साथीले सुनाएको कथामात्र तिमीलाई सुनाएको हुँ । ती सबैलाई उपेक्षा गर्न नसकिएपनि मुख्य कुरा मलाई त् भोकै लाग्छ । तिमिले देखेकै छौ –दुनियाका लडाई इतिहासमा भएका भोक बिरुद्धको सर्घष हो । हुने र नहुँने बीचको खाडल र भोक हेर त !  । भोको मान्छेले न त बुद्धी खियाउन सक्छ न त दया नै गर्न सक्छ  न त जाती, धर्म र सस्कृति भनेर लड्न भिड्न सक्छ ।

केही मान्छेले भोकलाई भकारीमा ताल्चा लगाएका छन् केही त्यही भकारी र्फोन तम्सेका छन् । जर, जोरु र जमिनको भोक कस्तो हुदोँ रहेछ ! वासनाको भोक ! स्वाभिमानको भोक ! शक्तिको भोक । यदी भोक सकियो भने कामना रहँँदैन् । त्यसभन्दा पनि सर्बे भवन्तु सुखिनको मानबताको भोक भने अचम्मैे हुन्छ । मान्छे एउटा अनौठो त्यही उर्जाले हाकिन्छ र आफैँलाई समाजलाई र दुनिया बदल्न तम्सन्छ । भोकले वर्ग सर्घष जन्माउछ र मान्छेलाई क्रान्तिकारी बनाउछ । द्रष्ट्रा र भोक्तामात्रै नभई कर्तामा फेरिदिन्छ ।

ससाँरै आप्mनै घर र बसुदेब कुटुम्बकम बनाएर मानब जातीलाई सजातीमा फेरीदिन्छ् । हामीसंग  पूविर्य दर्शनलाई धर्म भनौ या संस्कृति चेतनाका अभ्यास जे भनौँ लोकायत, चार्वाक र बुद्द दर्शन र अभ्यास पढदा हामीले धेरै कुरा भौतिकवादका वारे जान्न पाँउछौँ  ’ साँनेका हरेक जिज्ञाशा जस्तै त्यो दिनको प्रश्न झन कडा थियो । कडा प्रश्न थिए, जबाफ पनि सहज थिएन ।

उस्का ओठमाथी रौं उम्रिसकेका थिए । वलिष्ट बाजु, चौडा छाती र चम्किला आखाँले एउटा गरिब कमैयाको छोरो  किशोरबाट परिपक्क यूवा भईसकेको देखिन्थ्यो । अपहेलित गरिब हलीको छोरो न हो । प्रतिभा पनि कस्ता ! जस्तो सुकै वार–बन्देज लगाएपनि हिमनदी पहरा फोर्दै सागरतिर हानिएझै । अपहेलित कूलको साँने त्यो भेगमै पढैयामा गनिन्थ्यो । आरिसेहरु हिलोमा उम्रेको कमल भन्थे । हलीको छोरो साँनेसंग घरेलु नोकर बन्दै पढाई चालु गर्न शहर आएर जिम्दारकोमा कामगर्दा चिनजान भएको हो । 

किलो सेरा टुले पश्चिम नेपालमा आतङक मच्चाउदा साँनेसगं त्यही पछिल्लो पटक भेट भएको हो । त्यसपछि साँने बौलायो, हरायो, अल्पियो भनेर धेरैले भने । मसंग टयूसन पढन जाने भनेर धेरैले त्यो युवाबारे सोधे ।  महासमरबाट फर्केपछि उस्का बृद्ध बाबा आमाले सोध–खोज गरे ।

म आजसम्म नाजबाफ छु  । म विश्वस्त केमा छु भने एक न एक दिन नयाँरुपको स्पार्टाकस बनेर हाम्रो गाँउमा आँउने छ ।   त्यसवेला मेरो पालो  प्रश्नकर्ता  हुँनेछ र  जिज्ञाशाको जबाफ दिने पालो उस्को । सबैको हिसाब किताब गर्ने छ साँनेले ।

हिजै राती सपनीमा आएको थियो । भन्दै थियो– प्रलयको दिन अझै आएका छैनन्, सपना तुहिएका छैनन्, भोक सकिएको छैन् । जाग... केशर जाग्....अरु हुँन सकिनस् भने पनि आप्mनै वचन कायम गर् । हिजाका कुरा जस्तो त कुरा गर् । मनका कुरा चिच्या...। अरु बन्न सक्दैनस् भने पनि आर्दशवादी बुर्जुवा जस्तो त बन् ।’

 उफ ...साँने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर