• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 07:00 pm

हामी किन यौन सम्पर्क गर्छौ ? 

‘संभोगको उद्देश्य राख्नु प्रेम होइन, प्रेमको उद्देश्य राख्नु संभोग हो’

हामी किन यौन सम्पर्क गर्छौ ? धेरैजसाले यस प्रश्नको जवाफमा ‘प्रजनन्’का लागि वा वंशलाई अघि बढाउने हुनसक्छ । वास्तवमा, यौन सम्पर्क नै बच्चा बन्ने प्रक्रियाको सुरुवाती चरण हो । 

तर यदि यौन सम्पर्क राख्नु र सन्तान उत्पादनबीच कुनै सम्बन्ध नभएको भए हामी यसलाई कसरी लिन्छौँ होला ? 

सन् १९७८ मा विश्वमै पहिलो पटक टेस्ट्युव बेबीको जन्मपछि हालसम्ममा ८० लाख मानिस आईभिएफ प्रविधिबाट जन्मिएका छन् । र भविष्यमा यो संख्यामा भारी वृद्धि हुने अनुमान गर्न सकिन्छ । किनकि, भ्रुणको आनुवांशिक जोखिमलाई प्रत्ता लगाउने उपकरणहरु हामीसँग प्रसस्तै छन् । 

‘मेरो बलियो भविष्यवाणीले भविष्यमा मानिसहरु यौन सम्पर्क पक्कै गर्नेछन्, तर परम्परागत रुपमा सन्तान उत्पादन गर्नका लागि होइन्’, ‘सेक्सको अन्त्य र मानव प्रजजनको भविष्यका लेखक हेन्री टि ग्रिली भन्छन्, ‘आगामी २० देखि ४० वर्षमा विश्वका धेरैजसो स्वास्थ्यको राम्रो ज्ञान भएका मानिसले एक प्रयोगशालामा गर्भधारणको विकल्पलाई छान्नेछन् ।’ 

ग्रिलीले आफ्नो किताबमा ‘प्रिलिप्लान्टेशन जेनेटिक डायग्नोसिस(पिजिडी)को विज्ञानको अगाडी आउने केही कानुनी र नैतिक चुनौतीहरुलाई खोज्ने प्रयास गरेका छन् ।

‘अन्य चीजहरुमा जस्तै केही हदसम्म नकारात्मक प्रतिक्रियाहरु आउँछन्, तर समयसँगै ‘पिजिडि’ प्रविधिबाट जन्मिएका बच्चाहरुले दुई वटा टाउका भए वा पुच्छर भएका हुँदैनन् भनी प्रमाणित गर्छन् र मानिसहरु यसलाई सामान्य रुपले लिन थाल्छन् र यौन सम्बन्ध नराखी नै सन्तान उत्पादन गर्न इच्छुक हुनेछन् ।’ 

एक यस्तो संसार, जहाँ शिशुहरु प्रयोगशालामा बनाइन्छन्, जहाँ संभोगको माध्यमबाट गर्भधारण गर्ने महिलाको संख्या कम हुन्छ, जहाँ यौन नैतिक र सन्तान उत्पादनको सम्भाव्यताबीच सम्बन्ध हुँदैन भने यौनको अर्थ के होला ? 

जहिले पनि यौन सम्बन्ध किन ? सँग जोडिएर हेरिन्छ । यसको जवाफलाई नकारात्मक लिन पनि सकिँदैन । 

एक मानव हुनु जिज्ञासु, बुद्धिमान र भावुक प्राणी हो । यौनको अनुभव गर्नु र यसलाई अर्थ्याउनु जनावरका लागि प्राकृतिक जस्तो देखिन्छ, तर हामी यसलाई उच्च आलोचना गर्नमा विताइरहेका हुन्छौँ । 

जैविक रुपले, मानवबीच सेक्सको एक स्पष्ट कारण छ । हामी सेक्स गर्छौ किनकि यसले हाम्रा जैविक सन्तुष्टि दिन्छ । 

जसमा सन्तान उत्पादन र बन्धन पनि पर्छन् । यी दुई कारणहरु परम्परादेखि नै हामीमा सर्दै आइपुगेको छ र यी दुवै कारणलाई अन्तिम उद्देश्यको रुपमा परिभाषित गरिएको छ । 

परम्परागत ढाँचा अनुसार, यौन सम्पर्क त्यतिबेला नैतिक बन्छ, जब यो सन्तान उत्पादनका लागि गरिन्छ ।

ईसापूर्व चौँथो शताब्दी तिरका विश्लेषक तथा युनानी दार्शनिक एरिस्टोटलका अनुसार, कामुक इच्छाको प्रकृतिअनुसार प्रेम हुनु र त्यसपछि संभोग गर्नु उत्तम हुन्छ । कामुक इच्छा भनेको संभोग भन्दा पनि प्रेमको बढी इच्छा हुनु हो । 

एरिस्टोटलका लागि ‘कामुक इच्छाको अन्तिम विन्दु प्रेम हो । संभोगको उद्देश्य राख्नु प्रेम होइन, प्रेमको उद्देश्य राख्नु संभोग हो’ । एरिस्टोटलको भनाईमा वास्तविक यौन सम्पर्क गनुको कारण हामी सेक्स गर्न चाहान्छु त्यसैले सेक्स गर्छौ होइन, यस कारण कि हामी प्रेम चाहान्छौँ र प्रेममय रहन चाहान्छौँ । 

प्रायजसो मानिसले जस्तै, एरिस्टोटले पनि संभोग र प्रेम साथसाथै चल्छन् भन्ने कुरालाई माने ।

तर, उनले यस धारणाको आवाज प्रदर्शन गर्न चाहेनन् । उनले भन्न चाहेको कुरा कामुक इच्छाको अन्तिम उद्देश्य संभोग होइन । 

यदि एरिस्टोटलले ठिक भनेका हुन् भने सेक्सको कुनै कामुक उद्देश्य नै हुँदैन, यसको वास्तविक उद्देश्य अरु कुनै हो । संक्षेपमा, सेक्स भनेको वास्तावमा सेक्सको बारेमा होइन । 

त्यसो भए हामी किन सेक्स गरेछौँ ? अवश्य सन्तान उत्पादनका लागि । 

बन्धनका लागि, त्यो पनि ठिक छ । तर, यो प्रश्नको उत्तर यतिमा सिमित हुँदैन । यसमा बहु–उत्तरका सम्भाव्यता बढी छ । 

खानाको बारेमा सोच्नुहोस् । हामी बाच्नका लागि खान्छौँ र हामी सँगै खान्छौँ भन्ने बुझ्छौँ । 

हाम्रा पूर्खाहरुका लागि आफ्नो संसाधनहरुको प्रयोग फाइदाजनक थियो । तर जब हामी ती समकालीन पाक संस्कृतितर्फ बढीरहेको हुन्छौँ ।

जस्तै, सुनौलो रंगको कागजले बेरिएको बर्गर, इन्स्टाग्राम फुड अकाउन्ट, कुकिङ नेटवर्क, सहकर्मीहरुसँग केही रमाइलो पलजस्ता संस्कृतिले हाम्रो खानासँगको सम्बन्धलाई कठिनभन्दा कठिन बनाइरहेको छ । 

हामी मानव र गैर–मानव जनावरबीच अन्तर यो छ – हामी दैनिक बेकारका चीज तथा कार्य गर्नमा आनन्द लिन्छौँ । 

जसरी हामी त्यस्ता चिज यस कारण गर्छौँ किनकि, जसबाट हामीलाई आनन्द दिन्छ, हामी खुशी हुन्छौँ – त्यसरी नै हामी कुनै पनि कुरामा ‘किन ?’ भन्ने प्रश्नबाट विचिलित हुन्छौँ । 

त्यसैले, सेक्सको अर्थ तब मात्रै बुझिन्छ, जब यसले कुनै अर्थ राख्दैन । जब हामी किन ? को उत्तर विना नै सेक्स गर्छौँ, तब मात्रै यसको अर्थ बुझ्छौँ । सम्भवतः हामी आनन्द, सन्तुष्टी र रमाइलोका लागि सेक्स गर्छौँ । 

वास्तवमा सेक्स गर्न त्यहाँ एक विन्दु हुनुपर्छ, नभए त हामी त्यसको ठाउँमा अरु नै गरिरहेको हुन्थ्यौँ होला । तर, केही दशकअघि यौन सम्पर्क गर्नुको कुनै विशेष कारण हुनुपर्छ भनिन्थ्यो ।  

कुनै समय गर्भ निरोधक चक्की ‘पिल’ले क्रान्ति नै ल्याएको थियो । सन् १९६८ मा एक लेखमा लेखक ‘पल बक’ले भनेका थिए – सबैलाई थाहा छ पिल बारे । यो निक्कै सानो वस्तु हो, तर यसको असर समाजमा एक आणविक बमभन्दा पनि भयानक हुन्छ । 

बक जस्तै अन्य रुढीवादी सज्जन व्यक्तिले पनि विना उद्देश्य यौन सम्पर्क राख्नु सभ्यताको अन्त्यको रुपमा तर्क गरेका छन् । यस्ता परम्परावादीका लागि कथित यौन क्रान्तिको जिम्मेवार आधुनिक मानिसको धारणालाई लिन्छन् । 

सन् २०१५ मा एक सर्वेक्षण लेखमा डिइगो स्टेट विश्वविद्यालयका मनोवैज्ञानिक प्राध्यपक जिन एम ट्वेन्जले सन् १९७० देखि २०१० बीचमा अमेरिकीहरुको यौनबारे दृष्टिको सर्वेक्षण गरे । उनको निष्कर्ष थियो – यस समयवाधिमा गैर–वैवाहिक यौन सम्बन्धलाई धेरैजसो अमेरिकीहरुले स्विकार्न थालेका थिए । 

सामाजिक प्रथाद्धारा यौनिकतालाई प्रतिबन्ध लगाउनु हुँदैन भन्ने अमेरिकीहरुको मान्यता छ । हालका पुस्ता, वयश्क अवस्थामा धेरै यौनसाथी बनाएर र धेरैभन्दा धेरै आकस्मिक यौन सम्बन्ध बनाएर यिनै मान्यतामाथि अभ्यास गरिरहेका छन् । 

ट्वेन्जका अनुसार, कुनै सिमिट क्षेत्रको जनसंख्यामा पनि किन यौन सम्पर्क गर्नेलाई लिएर अझै पनि फरक फरक धारणा छन्, जसमा कारक तत्व उमेर, जात, लिंग, धर्म वा विश्वास छन् । तर, समयसँगै पिँढी नै पिच्छे यौन धारणा र व्यवहारलाई लिएर अर्थपूर्ण परिवर्तन आइरहेको अध्ययनले देखाउँछ । 

हाम्रो विशेष समय र स्थानका कारण यौनलाई लिएर हाम्रो दृष्टिकोण उत्पादन हुन्छ । हाम्रो यौन नैतिकताहरु सँधै रहदैनन् । 

विभिन्न भविष्यवाणीकर्ताले यौनको भविष्यलाई लिएर विभिन्न प्रकारका भविष्यवाणी गरिरहेका छन् । मानिसहरु भर्चुअल पोर्न र प्रविधिको माध्यमबाट संभोग सुख लिन्छन्, जससँगै यौनको भविष्य अत्याधिक डिजिटल, कृत्रिम, अजैविक र कम फोहोरी हुनेछ । जन्मदर नियन्त्रण र गर्भनिरोधले पनि यौन सम्पर्क र सन्तान उत्पादनको धारणालाई परिवर्तन गरेको छ ।

भविष्यमा सन्तान उत्पादनका लागि नयाँ–नयाँ उपाय आउनेछन् । एक जोडी कुनै अस्पताल पुग्नेछन्, पुरुषले स्पर्म र महिलाले छालाको नमुना त्यहाँ छोड्नेछन् । एक वा दुई सातापछि उनीहरुले बनाएका १०० भ्रुणको जानकारी पाउनेछन् । उनीहरुलाई भ्रुणको भविष्यका बारेमा भविष्यवाणी गरिनेछ, त्यसपछि उनीहरुलाई गर्भधारणको लागि भ्रुण चयन गर्न लगाइनेछ । 

यदि यौनको अर्थ यौन बाहेक अरु केही होइन भने ? यदि बालबालिकालाई फरक–फरक लैंगिक जानकारी दिइएन भने ? यदि सन्तान उत्पादन ल्याबमा हुन्छ भने ? के भविष्यका मनुष्य आफ्नो इच्छाले पुरुष वा महिलासँग सेक्स गर्न स्वतन्त्र महशुस गर्न सक्लान् ? वा के उनीहरु आफ्ना यौन इच्छाहरुको बलिदान दिन सक्लान् ? भविष्यमा समलैंगिकता र ‘विपरितलिंगी’ जस्ता शब्द इतिहासको कक्षामा मात्रै सुनिनेछन् ? भविष्यमा नयाँ लैंगिक पहिचानको धारणा विकास हुनेछ ।

 

सायद सेक्स कुनै कुराका लागि हुनेछ । तर यो कसका लागि हुनेछ न कि के का लागि । जसले सेक्स गर्छ, उसले आनन्दका लागि गर्नेछ । यद्यपि, प्रेम र आनन्द विना सेक्सको अर्थ हुनेछैन । शारीरिक संवेदना, सामाजिक बन्धन र प्रयोगको आनन्द यौन हो । भविष्यमा सेक्सको अर्थ खाली सेक्स मात्रै हुनेछ । 

(सेक्स विना सन्तान उत्पादनदेखि खुल्ला सम्बन्धसम्म, निकट भविष्यमा यौनप्रति छिटो विकसित भइरहेको हाम्रो दृष्टिकोणलाई लिएर लेखक ब्रान्डोन एम्ब्रोसिनो भविष्यवाणी । न्यूयोर्क टाइम्स, इकोनोमिस्ट, बिबीसी, पोलिटिकोलगायतका लागि ब्रान्डोन एम्ब्रोसिनोले लेखेका यो लेख सामाचार दैनिकका लागि अनुवाद गरिएको हो ।)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अलपत्र बालिकाको उद्दार गर्ने किसन भन्छन्–‘उसको भविष्यसंग खेलवाड गर्न सक्दिँन’

  • ३ श्रावण, २०७६

जनकपुरधाम । विवाहपञ्चमीको समय थियो । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर नजिकै रहेको जानकी चोकमा ४ वर्षिया एक अवोध बालिका एक्लै खडा थिइन् । अँध्यारो

काेशी ब्यारेज: भारतमा पनि चर्काे बहस, बिहार डुब्नुमा नेपाल दाेषी ?

  • २ श्रावण, २०७६

बीबीसी । हरेक वर्षझैँ यो वर्ष पनि भारतको बिहारमा बाढीले उत्पाद मच्चाइसक्याे । भारतको बिहार र नेपालको सीमावर्ती जिल्लामा वर्षासँगै आएको बाढीले

१९औं कमैया मुक्ति दिवस :  पुनःस्थापनाका लागि कहिले सम्म कुर्ने सरकार !

  • २ श्रावण, २०७६

धनगढी । कमैया मुक्तिको १९ वर्ष पुग्दा पनि कैलालीमा अझै सम्पूर्ण मुक्त कमैयाको पुनःस्थापना हुन सकेको छैन । राज्यले पुनःस्थापनामा तदारुकता