• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

शाहीको ‘कर्णालीकी बुहारी’ सार्वजनिक

काठमाडौं । लेखक वसन्ती शाहीद्वारा लिखित ‘कर्णालीकी बुहारी’ निबन्धसंग्रह शनिबार विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वाङमय शताब्दीपुरुष सत्यमोहन जोशी, सञ्चारकर्मी भैरव रिसाल तथा मोहन मैनाली र कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कृतिको विमोचन गरेका हुन् । विमोचित पुस्तकमा कर्णाली प्रदेशका महिलाले भोग्नुपरेका दुःख, पीडालाई यथार्थ रूपमा चित्रण गरिएको छ समीक्षकहरूले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले आफूले ५०औं वर्षपछि कर्णालीको विषयमा लेखिएको यथार्थमा आधारित नयाँ पुस्तक पढ्न पाएकोमा खुसी व्यक्त गरे । आफू वर्र्षौं पहिला कर्णाली जाँदा देखेका र अनुभूत गरेका कुरा पनि पुस्तकमा समेटिएको बताउँदै उनले सत्यतथ्यमा आधारित पुस्तक प्रचारप्रसारमा आउनु सबल पक्ष रहेको बताए । 

सोही कार्यक्रममा सञ्चारकर्मी मैनालीले अन्य प्रकाशित पुस्तकमा नपाइने विचार, दृष्टिकोण यस पुस्तकमा रहेको बताए । उनका अनुसार पुस्तकमा लेखक स्वयं आफैंले भोगेका दुःख, पीडा र गरिब तथा निमुखा वर्गले पाएको दुःखको समेत चित्रण गरिएको छ । त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य भुसालले कर्णाली क्षेत्रको रहनसहनका साथै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि पुस्तकमा समेटिएको बताइन् । 

लेखक शाहीले विमोचित कृति उनको जिन्दगीको गराइ, देखाइ र भोगाइमा आधारित रहेको बताइन् । सोही कार्यक्रममा प्रमुख अतिथि जोशीलाई स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्लाले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर