• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

४ हजार वर्ष पुरानो इरानको बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत

तस्विर : वेब

एजेन्सी । ४ हजार वर्ष पुरानो इराकको प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।

तीन दशक भन्दा लामो प्रयासपछि बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । इराकले यो शहरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो ।

संयुक्त राष्ट्रसंघीय शिक्षा तथा सांस्कृतिक संगठन युनेस्कोले सो शहरलाई हाल आएर विश्व सम्पदा सूचीमा समावेश गरेको हो ।

यसका साथै युनेस्कोले उत्तरी इरानमा पर्ने हाइर्कनियन जंगललाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । 

युनेस्को कमिटीको अजरबैजानमा बसेको बैठकले इरानको बाबिलोन शहर र हाइर्कनियन जंगललाई शुक्रबार विश्व सम्पदाको मान्यता दिएको घोषणा गरेको हो ।

बाबिलोन शहर झुलन बगैंचाका लागि प्रसिद्ध छ । सो बगैंचा विश्वका सात आश्चर्य मध्येको एक हो । पछिल्ला वर्षमा यो शहर अतिक्रमणको चपेटामा परेको छ ।

यहाँ पहिले सद्दाम हुसेनका लागि दरबार बनाइएको थियो । त्यसपछि अमेरिकी सैनिकले आफ्नो बेसक्याम्पका रुपमा प्रयोग गर्दा समस्या परेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर