• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:18 pm

ब्रिटिस एअरवेजले लाखौँ यात्रुको डाटा चोरेको ठहर, साढे दुई करोड डलर जरिवाना

लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी)ले सोमबार जनाएको छ ।

कम्प्युटरका घुषपैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो ।

आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।’

आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो ।  एएफपी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्विटरले आफ्नो डिजाइन परिवर्तन गर्यो

  • ३ श्रावण, २०७६

एजेन्सी । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो ‘ले आउट’ डिजाइनमा केही प्रमुख परिवर्तन गरेको छ ।  सोमबारदेखि ट्विटरले विश्वव्यापी रुपमा आफ्नो

चीनका विश्वविद्यालयमा लोकप्रिय बन्दै 'आइटी' विषय

  • ३ श्रावण, २०७६

छेन्दु । चिनियाँ विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सूचना प्रविधि (आइटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ ।  पछिल्लो पाँच बर्षमा

९० प्रतिशत चिनियाँ नुहाउँदा साथमा फोन राख्छन्

  • २ श्रावण, २०७६

तिआनचिन । चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले