• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:53 pm

विषादी प्रकरण : भारतको यही पत्रले झुकायो सरकारलाई [चिठीसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै भारतबाट आयत हुने फलफूल र तरकारीको विषादी परिक्षण रोक्न कुनै दबाब नआएको बताएका थिए । तर प्रधानमन्त्रीले बाेलेकाे साता नवित्दै सरकारलाइ भारतले पत्र लेखेर दबाब दिएको खुल्न आएको छ ।

काठमाडौंस्थित भारतीय दुतावासले दबाब दिएपछि नेपाल सरकार मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको खुल्न आएको हो । भारतीय दुतावासले परराष्ट्र मन्त्रालय हुँदै उद्योग मन्त्रालयमा पठाएको चिठी समाचार दैनिकले प्राप्त गरेको छ । 

प्राप्त पत्रमा अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्ने भन्र्द यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना नभएको उल्लेख छ । 

याे पनि :विषादी परिक्षण प्रकरणको छानविन होस्, म तयार छु –मन्त्री यादव

‘भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि सम्मानित मन्त्रालयलाई आग्रह गरिन्छ ।’ मन्त्रालयलाई भारतीय दूतावासले पठाएको चिठीमा उल्लेख छ । 

यस्ताे छ दुतावासले मन्त्रालयलाइ पठाएकाे चिठी ः

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काँग्रेस नेता कँडेलको सांसद पद खारेज, ५ वर्ष कैद, सम्पति जफत हुनसक्ने !

  • ५ कार्तिक, २०७६

काठमाडाैँ । पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद कँडेल भारतको उत्तरप्रदेश गोरखपुरनिवासी तथा त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष

तत्कालीन सभामुख महरा साधारण तारेखमा छुट्ने !

  • ४ कार्तिक, २०७६

काठमाडौँ । संसद सचिवालयका एक कर्मचारीमाथी यौन दुव्यवहार आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा साधारण तारेखमा छुट्ने संभावना बढेकाे छ।

यस्ताे हुनेछ चिनियाँ विशेषतासहितको सामाजवाद –सी चिनफिङ

  • ३ कार्तिक, २०७६

महान् समयले महान् मानिस बनाउँछ । देङ सिआओफिङ एक महान् र लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँ चिनियाँ राष्ट्रको ऐतिहासिक संघर्षबाट हुर्कनुभएको थियो