• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विषादी प्रकरण : भारतको यही पत्रले झुकायो सरकारलाई [चिठीसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै भारतबाट आयत हुने फलफूल र तरकारीको विषादी परिक्षण रोक्न कुनै दबाब नआएको बताएका थिए । तर प्रधानमन्त्रीले बाेलेकाे साता नवित्दै सरकारलाइ भारतले पत्र लेखेर दबाब दिएको खुल्न आएको छ ।

काठमाडौंस्थित भारतीय दुतावासले दबाब दिएपछि नेपाल सरकार मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको खुल्न आएको हो । भारतीय दुतावासले परराष्ट्र मन्त्रालय हुँदै उद्योग मन्त्रालयमा पठाएको चिठी समाचार दैनिकले प्राप्त गरेको छ । 

प्राप्त पत्रमा अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्ने भन्र्द यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना नभएको उल्लेख छ । 

याे पनि :विषादी परिक्षण प्रकरणको छानविन होस्, म तयार छु –मन्त्री यादव

‘भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि सम्मानित मन्त्रालयलाई आग्रह गरिन्छ ।’ मन्त्रालयलाई भारतीय दूतावासले पठाएको चिठीमा उल्लेख छ । 

यस्ताे छ दुतावासले मन्त्रालयलाइ पठाएकाे चिठी ः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर