कस्तो मौद्रिक नीति चाहन्छन् बैंकहरु !

काठमाडौं । मौद्रिक नीति सार्वजानिक गर्ने दिन नजिकिंदै गर्दा मौद्रिक नीतिले कस्तो नीति लिने भन्ने बहसले बित्तीय बजार तातिएको छ । त्यसमा पनि निकै चर्चामा रहेको बैंकहरुको बिग मर्जरको विषय निकै चासो बनेको छ । 

सोमबार केन्द्रिय बैंकले आगामी आवको मौद्रिक नीति लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहित गर्नुपर्ने बताए । उनले भने, 'यदी अहिलेको बजारको आवश्यकता मर्जर हो भने मर्जरलाई प्रोत्साहित गरिनुपर्छ ।' 

उनले स्वस्फूर्तमा रुपमा मर्जरमा जाने गरी मौद्रिक नीति आउनुपर्ने बताए । विगतमा के-कस्ता कठिनाईले मर्जर सोचे जस्तो भएन भन्ने कुरा पनि फुकाउनुपर्ने उनको भनाई छ । 

उनले बैंकर्स संघले यसअघि नै २७ बुँदे सुझाव दिइसकेको बताए । विगत दुइ वर्षयता लगानी योग्य रकमको अभावमा ब्याजदरमा चाप परेको र बैंकहरुले आपसी सहमतिमा नियन्त्रण गरेको समेत उनले बताए । उनले आगामी वर्षदेखि त्यस्तो सहमति गर्ने स्थिती हुन नहुने समेत बताए ।  'आगामी वर्षदेखि वर्षदेखि हामीले त्यस्तो सहमति गर्न नपरोस ।' बजारमा माग र आपूर्तिकै आधारमा ब्याजदरलाई निश्चित दायरामा राखोस । उनले भने, 'हामी निश्चित स्प्रेडमा चल्ने भएकोले सिंगल डिजिटमा आओस भन्ने हामी पनि चाहन्छौं ।'

उनले स्प्रेड दर ५ बाट साढे ४ मा आइसकेको भन्दै आगामी दिनमा त्यो भन्दा कमी पनि हुन सक्ने उनको भनाई छ । सिइओको कुलिङ पिरियड हटाउन समेत उनले माग गरे ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्थानीय तहमा ब्याज अनुदानमार्फत ऋण लगानी गर्न बैंकहरुलाई बाध्यताकारी गरिने नीति लिनु पर्ने बताए । 

बैंक अफ काठमाण्डका सिइओ शोभनदेव पन्तले वित्तीय क्षेत्रको सुदृढीकरण गर्ने गरी मौद्रिक नीति आउनु पर्ने धारणा राखे । उनले वित्तीय क्षेत्रको सुदृढिकरणमा गर्भनर र राष्ट बैंक लागेको भएपनि अहिले मर्जरमा जानुपर्ने थियो भने विगतमा लाइसेन्स दिनुको कारण के ? भन्ने प्रश्न गरे । यद्यपी आफुले जवाफ भने नचाहेको बेला बेला प्रस्टीकरण दिए । उनले मर्जरलाई नतिजामूलक बनाउनसमेत आग्रह गरे । विगतमा चुक्तापूँजी वृद्धि गरिंदा हकप्रद र बोनस दिनु गल्ती भएको भन्दै यसमा अनुसन्धान गर्नुपर्ने धारणा राखे ।   

डेभलपमेन्ट बैंकर एशोसियसनका अध्यक्ष गोविन्द ढकालले लगानीको रकम अभावको समस्यालाई मौद्रिक नीतिले विशेष रुपले सम्बोधन गर्नुपर्ने बताए । उनले व्यवसायी र बैंकहरुबीच मौद्रिक नीति जहिले पनि एकअर्कामाथि प्रहार गर्ने स्थिति रहेको भन्दै यस्तो हुन नहुने धारणा राखे । उनले बैंकर र व्यवसायी एउटै डुँगाका सहयात्री भएकोले डुँगा डब्यो भने हामी दुवै डुब्ने स्थिति हुने समेत बताए । 

बैंकमा लगानी गर्ने लगानीकर्ताले पनि केही रिटर्न पाउनु पर्ने बताए । उनले भने, 'बैंकमा लगानी गर्ने लगानीकर्ताले पनि रिटर्न पाउनुपर्छ । धर्मशाला नै खोलेको जस्तो लाग्दैन ।' उनीहरुलाई पनि केही रिटर्न दिनै पर्छ त्यो हाम्रो कर्तव्य पनि हो । उहाँहरुले परिटर्न पनि पाउनुपर्छ । त्यस्तै उनले व्यवसायी र उद्योगीको मात्रै नभई डिपोजिटरका बारेमा पनि सोच्नुपर्ने धारणा राखे ।

नेपाल वित्त संस्था संघका अध्यक्ष सरोजकाजि तुलाधारले मर्जरमा जाँदै गर्दा कर्मचारीको बारेमा पनि सोच्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर