• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विप्लव समूहको आक्रमणबाट पहिलोपटक प्रहरी मारिए

विप्लव कार्यकर्ताकाे गाेली प्रहारबाट मृत्यु भएका प्रहरी जवान सञ्जीव राई ।

भोजपुर । भोजपुरमा प्रहरीमाथि विप्लव समूहका कार्यकर्ताले गोली प्रहार गर्दा एकजना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । भोजपुर सदरमुकामस्थित शनिबारे हाटमा अवस्थित पानधाने होटलमा रहेका प्रहरी जवान सञ्जीव राईको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । 

त्यस्तै, प्रहरीलाई गोली हानेर भाग्दै गरेका विप्लव कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको छ । उनी विप्लव समूहका भाेजपुर जिल्ला इन्चार्ज हुन् । प्रहरीमाथि गोली हानेर भाग्दै गरेका निरकुमारको प्रहरीको गोली लागेर मृत्यु भएको हाे ।  

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गोली प्रहारबाट प्रहरी जवान सञ्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको बताएका छन् । मृतक दुवैकाे शव जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।  अहिले भोजपुर बजार तनावग्रस्त रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रजिअ खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर