• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कैलालीमा श्रीमान्–श्रीमती मिलेर युवकको हत्या

कैलाली । कैलालीको चुरे गाउँपालिका–६ मा श्रीमान–श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । उनीहरूले युवकको हत्या गरी शव गाडेको अवस्थामा फेला परेको छ । गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४५ वर्षका कमल कुँवरको गत असार २२ गते हत्या गरी सिमसेला खोलानजिकै गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

सोही स्थानका श्रीमान–श्रीमती लालबहादुर र कल्पना लामाले कुँवरको हत्या गरी खोलाकिनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

लामा दम्पतीले कुँवरको हत्या गरेर जमिनमा शव गाडेको भन्ने सुचना आएपछि इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले मंगलबार राति सोही स्थानको सिमसेला खोला किनारमा शव जमिनमुिन गाडेको अवस्थामा फेला पारी उत्खनन् गरेको प्रहरी उपरीक्षक गिरीले बताए । 

हत्याको कारण भने खुल्न नसकेको उनले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर