गरिमा पन्त बनिन् ‘सिपाहीकी स्वास्नी’ 

काठमाडौं ।  अभिनेत्री गरिमा पन्त अभिनित सर्ट फिल्म ‘सिपाहीकी स्वास्नी’ सार्वजनिक गरिएको छ । फिल्मलाई निर्मल पौडेलद्वारा निर्देशन गरेका छन् । 

उनले यस फिल्ममा ‘सिपाहीकी स्वास्नी’ को मुख्य भूमिका निभाएकी छन् । कथाकार महेश विक्रम शाहको कथा ’सिपाहीकी स्वास्नी’मा आधारित भएर बनाइएको उक्त फिल्ममा १० वर्षे सशस्त्र द्वन्द्वमा सिपाहीको स्वास्नीले भोग्नु परेको पीडालाई देखाइएको छ । 

 निर्मल फिल्म्सको प्रस्तुति तथा रीता पौडेल र नरहरि पौडेल निर्माता रहेको सिपाहीकी स्वास्नीमा गरिमा पन्तसहित शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर